News Portal

चीनबाट हङकङ प्रबेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने

युवा राई
५४७ पटक

हङकङ : चीनको वुहान शहरको हुबेइ प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरसले विश्वमा तरंगपैदा गरेसंगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य-संकटकाल धोषणा गरेर थप उच्च सतर्कता अपनाएको छ। 

हङकङका कार्यकारी प्रमुख क्यारी लामले चीनबाट हङकङ आउने प्रत्यक ब्याक्ति क्वारेन्टाइनमा बस्नु पर्ने बताएकी छिन् । चीनबाट हङकङ आउने हरेक ब्याक्ति स्वास्थ्य सुरक्षाको लागि अनिवार्य रुपमा दुइ हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।

नोवेल कोरोना भाइरसका न्यूनीकरणका लागि सरकारले १० अर्ब हङकङ डलर छुट्याएको जानकारी गराउदै चीनबाट हङकङ आउने प्रत्यक ब्याक्ति क्वारेन्टाइनमा बस्नु पर्ने बताएकी हुन।

हङकङमा नोवेल कोरोना भाइरसबाट अहिले सम्म २१ जना सर्बसाधारण संक्रमित भएको पुष्टि भएको छ भने एक जनाको मृत्यु भइसकेको छ। हङकङका नागरिकको चर्को विरोधपछि सरकारले एकपछि अर्को कडा नीतिहरु अपनाएको छ भने चीनसँगका प्राय सबै नाका बन्द गरिसकेको छ।

थप उच्च सतर्कता अपनाउदै चीनसँगको रेल र डुंगा सेवा समेत ठप्प पारेको छ। हङकङ सरकारको यस्तो उच्च सतर्कतासंगै भाइरस संक्रमणका जोखिम न्यूनीकरण हुन सक्ने अपेक्ष गरिएको छ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य-आपतकालीन घोषणा गरिसकेको भाइरसबाट चीनमा ५६३, हङकङ १ जना र फिलिपिन्समा १ जनाको मृत्यु भइसकेको छ। हाल सम्म करिब २८,२८२ संक्रमित भएको स्वास्थ्य अधिकारीहरुले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...