News Portal

रिक्साचालक अम्बरबहादुर विकले गरे अपांग किशोरीलाई औषधि खुवाएर बलात्कार

गस्तीमा रहेको प्रहरी टोलिले गर्‍यो किशोरीको उद्धार गर्‍यो !

हिमाली संचार संवाददाता
७३१ पटक

सुर्खेत २३, २०७६ माघ : वीरेन्द्रनगरमा एक किशोरीमाथि बलात्कार भयो। ती किशोरी अशक्त थिइन। अटोरिक्सामा चढेकी उनलाई चालकले यात्राकै क्रममा पानी खान दिए। पानी खाएपछि किशोरी बेहोस भइन्। अटोभित्रै चालकले बलात्कार गरे।

पुस ९ गतेको यो घटनामा गस्तीमा रहेको प्रहरीले देखेपछि किशोरीको उद्धार गर्‍यो। अटोचालक अम्बरबहादुर विकलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलायो। अनुसन्धानका क्रममा बेहोस हुने औषधि खुवाएर किशोरीमाथि बलात्कार भएको प्रहरी अनुसन्धानले पनि पुष्टि गरेको छ।

सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकामा एक युवतीमाथि सामूहिक बलात्कार भयो। पीडित युवती बिरामी थिइन्। उनलाई पनि स्थानीय नवीन सलामी र सुरेश पुरीले ज्वरोको औषधि भन्दै यौन उत्तेजना बढाउने औषधि दिए।

सेवनपछि उनलाई सामूहिक बलात्कार गरियो। गत साउनमा भएको यो घटनामा प्रहरीले दुईलाई पक्राउ गरेको थियो। औषधि खुवाएर बलात्कार गरिएको यो घटना पनि प्रहरीमा दर्ता भएको छ।

गत असोजमा आफूमाथि सामूहिक बलात्कार भएको भन्दै ११ वर्षीया बालिकाले प्रहरीमा उजुरी दर्ता गरिन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेर मुद्दा चलायो।

घटनाका दुई आरोपित अहिले पनि फरार छन्। प्रहरीलाई दिएको उजुरीमा पीडित बालिकाले आफूलाई अटोमा लिएर चालकले नै सामूहिक बलात्कार गराएको उल्लेख गरेकी छन्।

यो घटनामा पनि बालिकालाई प्रलोभनमा पारेर बलात्कार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

उल्लेखित घटना जिल्लामा भएका बलात्कारका प्रतिनिधिमूलक घटना हुन्। बढ्दो सहरीकरण र आर्थिक प्रलोभनका कारण जिल्लामा बलात्कारका घटना बढ्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ।

बेहोस हुने र उत्तेजना बढाउने खालका औषधि खुवाएर बलात्कार गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ।

पछिल्लो समय जिल्लामा भएका बलात्कारका घटनामा औषधि खुवाएर किशोरी र युवतीमाथि बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार बालिकालाई आर्थिक प्रलोभनमा पारेर पनि बलात्कार गर्ने गरिएको अनुसन्धानमा फेला परेको हो। पछिल्लो समय अटोरिक्सा नै किशोरीका लागि असुरक्षित बनेको प्रहरीको भनाइ छ।

अटोमा चढाउने र एक्लै भएको मौकामा निःशुल्क घुमाइदिने बहानामा चालकले जंगल र एकान्तमा लगेर बलात्कार गर्ने घटना बढेको प्रहरीले जनाएको छ।

अटोरिक्सामा चढाएर वीरेन्द्रनगर नजिकका जंगलमा पुर्‍याएर बालिका, किशोरी र महिलामाथि बलात्कार गर्ने क्रम बढेको प्रहरीको भनाइ छ।

अर्कोतर्फ चिनेजानेका, आफन्त, नक्कली प्रेमी र कतिपय अवस्थामा परिवारका सदस्यबाटै बालिका तथा किशोरी बलात्कृत हुने गरेको अनुसन्धानले देखाउँछ।

सामाजिक सञ्जालको दुरूपयोग र विवाह गर्ने बहानामा पनि बालिका र किशोरीमाथि बलात्कार भइरहेको तथ्य प्रहरीसँग छ।

सुर्खेतमा पछिल्लो साढे तीन वर्षको अवधिमा दुई सय चारवटा बलात्कारसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्। यी घटनामा दुई सय ६ जना अभियुक्त पक्राउ परेका छन्।

चालु आर्थिक वर्षको ६ महिनामा मात्र जिल्लामा ४८ वटा बलात्कारका घटना भएका छन्। ती मुद्दामा ५१ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

यसैबीच औषधि खुवाएर र अटोरिक्सामै किशोरी र बालिकामाथि बलात्कार हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रवि रावलले बताए।

उनले भने, ‘उपत्यकाबाट बाहिरिने कुनै पनि अटोरिक्सालाई नाकाबाट बाहिर जान नदिन हामीले सर्कुलर नै जारी गरिसकेका छौं। यो खबर अन्नपूर्णपोस्टमा सुर्खेतबाट ललितबहादुर बुढाले लेखेका छन।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...