News Portal

राष्ट्रपति भण्डारीकी छोरी महिला संघको केन्द्रीय सदस्य

हिमाली संचार संवाददाता
४०९ पटक

काठमाडौं २१, २०७६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महिलाहरुलाई समावेशीता होइन समानताको मुद्दा उठाउन आग्रह गरेका छन।

पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको केन्द्रीय समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले महिलाका सबै माग पार्टीभित्रैबाट पूरा हुने बताए।

ओलीले भने, ‘३३ प्रतिशत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुन्छ। हामीले ३३ प्रतिशत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरेका छौं।

कम्तीमा ५० प्रतिशत महिला नेतृत्वको कुरा गर्नुस। तपाईहरुले समावेशी होइन समानताको मुद्दा उठाउनुस् सम्भव छ।

प्रधानमन्त्री ओलीले महिलालाई राष्ट्रपति र सभामुख बनाउने नेकपा एउटामात्रै पार्टी भएको भन्दै महिलाको समतामूलक प्रतिनिधित्व पार्टीले गराइरहेको बताए।

महासचिव विष्णु पौडेलले ४७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराएका थिए।

गोमा देवकोटा इन्चार्ज र अमृता थापा संयोजक रहेको ४७५ सदस्यीय अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा पूर्वएमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माओवादी पक्षबाट ४५ प्रतिशत प्रतिनिधित्व रहेको केन्द्रीय सदस्य दीपा शर्माले बताइन।

यसैबीच जननेता मदनकुमार भण्डारी र राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी पनि अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा चयन भएकी छन।

पार्टीको भगिनी संगठनको केन्द्रीय समितिमा प्रतिनिधित्वसँगै नेकपामा मदन भण्डारी तथा विद्या भण्डारीको उत्तराधिकारीको औपचारिक प्रवेश भएको छ।

राजनीतिशास्त्रकी विद्यार्थी उषाकिरण यसअघि तत्कालिन एमाले सम्बद्ध महिला संघको विदेश विभागमा रहेर काम गरे पनि पूर्ण रुपमा राजनीतिमा थिइनन।

विद्या भण्डारी राष्ट्रपति भएपछि उनी मदन भण्डारी फाउण्डेशनको अध्यक्ष छिन। उषाकिरणलाई अखिल नेपाल महिला संघमार्फत पार्टीको केन्द्रीय राजनीतिमा स्थापित गर्न खोजिएको नेकपा स्रोतले जनाएको छ।

भण्डारीले पनि मंगलबार सपथग्रहण गरेकी छन। मदन भण्डारीको परिवारबाट राजनीतिमा स्थापित हुन लागेकी उषाकिरण पहिलो सदस्य हुन।

उनकी काकी उर्लाबारी नगरपालिका मोरङको उपमेयर छिन् भने मदन भण्डारीका भाइ प्रेम भण्डारी दुई दशकअघि एमाले हुँदै मालेको राजनीतिमा लागे पनि पछिल्लो समय उनी सक्रिय राजनीतिमा छैनन।

प्रतिकृया दिनुहोस्

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...