News Portal

नेकपा बैठकमा नेता कार्कीले भने चुनावको ऋण तिरिदिने मान्छे भेटिए पद नै दिन्थेँ

हिमाली संचार संवाददाता
४३९ पटक

काठमाडौं २०, २०७६ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय बैठकमा नेकपाका नेताहरुले खुलेर कुरा राखे। झण्डै दुई वर्षपछि बसेको बैठकमा मनमा गुम्सिएका कुराहरु नेताहरुले बैठकमा बाँडेका हुन।

समूहगत छलफल हुँदै टोली नेतामार्फत् रिपोर्टिङ गर्ने क्रमबाट पार्टी, सरकार र अन्य विषयहरुमा गम्भीर मुद्दाहरु उठाइयो। यसमध्ये नेकपा नेताहरुबीच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई चुनाव हराउने नेकपाका बौद्धिक नेता राम कार्कीको भाषण पनि चर्चामा छ।

उनले मुलुकमा निर्वाचन प्रणाली लोकतन्त्रका लागि नै घातक बन्दै गइरहेको धारणा राखे। राम कार्कीले आफ्नै पीडालाई जोडेर निर्वाचन प्रणालीको कुरा गर्नुभयो, बैठकमा सहभागी एक नेताले कार्कीको भनाई उद्धृत गर्दै भने, निर्वाचन प्रणाली नै घातक भयो।

२५-३० करोड खर्च नगरी चुनाव जित्न नसकिने। पहिला टिकट पाउनै पैसा खर्च गर्नुपर्छ। कि पैसा खर्च गर्नुपर्ने, कि नेताको आफन्त हुनुपर्ने। कार्कीले आफ्नै शैलीमा टिकट पाएपछि झन् दुःखका दिन सुरु हुने अनुभूति बाँडे।

टिकट पाएपछि चुनाव जित्न गाह्रो। ठूला घराना, ठूला उद्योगपतिको पैसा लिनुपर्ने। २०-३० लाख, ५० लाख। चुनावमा उसले सहयोग गरेपछि जितेर फर्केपछि उसको अगाडि उभिँदा हाम्रो मार्क्सवाद त्यहीँ सकिन्छ।

उनले आफ्नै दुःख बाँड्दै भने, परिस्थिति यति डरलाग्दो छ कि मैले चुनाव लड्दा गरेको खर्च अहिले कसैले दिने हो भने यो पदै दिइदिउँ जस्तो हुन्छ। यस्तो खालको प्रणालीले हामीलाई कहाँ पुर्‍याउँछ ?

बैठकमा नेकपाका युवा नेता ठाकुर गैरेले पार्टीको कार्यदिशा थप स्पष्ट हुनुपर्ने धारणा राखे। हामीले भनेको सामाजिक न्यायसहितको समाजवाद के हो ? त्यो समाजवाद ल्याउनको लागि हामीले जनताको जनवाद कसरी कार्यान्वयन हुन्छ ?

त्यसका लागि सरकारले गर्नुपर्ने काम के हुन् ? यसको लागि पार्टी पहिला जनताको जनवाद सिद्धान्त बोक्ने पार्टी बन्नुपर्‍यो। समाजवाद स्थापना गर्नका लागि पार्टीलाई समाजवादी बनाउनुपर्‍यो।

उनले अगाडि थपे, यो प्रतिवेदनमा नेपाली मोडेलको समाजवादको व्याख्या र त्यसको लागि नेपाली समाजको वर्ग विश्लेषण, नेपाली समाजको चरित्रको निर्धारण गर्नुपर्छ। पार्टी र सरकार स्पष्ट कार्यदिशासहित अगाडि बढ्नुपर्छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...