News Portal

लुसुलुसु पुगे कांग्रेसका नेताहरु शितल निवास, ३ नेताद्वारा रास्ट्रपतिको निम्तो बहिस्कार

हिमाली संचार संवाददाता
६१२ पटक

काठमाडौं १९, २०७६ माघ : राष्ट्रपति विद्या भण्डारीले नेपाली कांग्रेसका नेताहरूलाई बोलाएर छलफल गरेको रहस्य बाहिर आएको छ। रास्ट्रपति भण्डारीले पछिल्ला दिनमा अनावश्यक रुपमा राजनीतिक सक्रियता बढाउँदै भन्दै आलोचना भइरहेका बेला उनले नेपाली कांग्रेसका नेताहरूसँग गुपचुप छलफल गरेकी हुन।

राष्ट्रपति भण्डारीले बुधबार नेपाली कांग्रेसका केन्द्रीय तहका केही नेताहरूलाई शीतल निवासमा बोलाएर डेढघण्टा छलफल गरेकी छिन।

राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरू प्रदीप गिरी, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, डा.नारायण खड्का, डा.शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की र सुजाता कोइरालालाई बोलाएकी थिइन।

डा.नारायण खड्का, डा.शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की र सुजाता कोइराला लुसुलुसु रास्ट्रपति भण्डारीको शीतल निवासमा गएका थिए तर, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत र प्रदीप गिरीले भण्डारीको निम्तो बहिस्कार नै गरेर गएनन।

करिब डेढ घण्टा लामो भेटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयनमा चासो देखाएको बताइएको छ।

कांग्रेस नेताहरूसंग रास्ट्रपति भण्डारीले संविधानको प्रस्ताबनामै समाजवादप्रति प्रतिबद्ध उल्लेख गरिएकोले त्यसबारे कांग्रेसको धारणा जान्ने रहर लागेर तपाईहरूलाई बोलाएको हुँ भनेर भनेकी थिइन।

संविधान कार्यान्वयनलाई चासो देखाएको जस्तो गरे पनि राष्ट्रपति भण्डारीले समाजवाद उन्मुख अर्थतन्त्रलाई कसरी अघि बढाउने भनेर पछिल्लो समय कार्यकारी प्रमुखले जस्तो गरी भेटघाट र छलफल अघि बढाएकी छिन। जुन राष्ट्रपतिको नभई सरकार प्रमुखको चासोको विषय हो।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...