News Portal

लुसुलुसु पुगे कांग्रेसका नेताहरु शितल निवास, ३ नेताद्वारा रास्ट्रपतिको निम्तो बहिस्कार

हिमाली संचार संवाददाता
६७२ पटक

काठमाडौं १९, २०७६ माघ : राष्ट्रपति विद्या भण्डारीले नेपाली कांग्रेसका नेताहरूलाई बोलाएर छलफल गरेको रहस्य बाहिर आएको छ। रास्ट्रपति भण्डारीले पछिल्ला दिनमा अनावश्यक रुपमा राजनीतिक सक्रियता बढाउँदै भन्दै आलोचना भइरहेका बेला उनले नेपाली कांग्रेसका नेताहरूसँग गुपचुप छलफल गरेकी हुन।

राष्ट्रपति भण्डारीले बुधबार नेपाली कांग्रेसका केन्द्रीय तहका केही नेताहरूलाई शीतल निवासमा बोलाएर डेढघण्टा छलफल गरेकी छिन।

राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरू प्रदीप गिरी, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, डा.नारायण खड्का, डा.शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की र सुजाता कोइरालालाई बोलाएकी थिइन।

डा.नारायण खड्का, डा.शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की र सुजाता कोइराला लुसुलुसु रास्ट्रपति भण्डारीको शीतल निवासमा गएका थिए तर, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत र प्रदीप गिरीले भण्डारीको निम्तो बहिस्कार नै गरेर गएनन।

करिब डेढ घण्टा लामो भेटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयनमा चासो देखाएको बताइएको छ।

कांग्रेस नेताहरूसंग रास्ट्रपति भण्डारीले संविधानको प्रस्ताबनामै समाजवादप्रति प्रतिबद्ध उल्लेख गरिएकोले त्यसबारे कांग्रेसको धारणा जान्ने रहर लागेर तपाईहरूलाई बोलाएको हुँ भनेर भनेकी थिइन।

संविधान कार्यान्वयनलाई चासो देखाएको जस्तो गरे पनि राष्ट्रपति भण्डारीले समाजवाद उन्मुख अर्थतन्त्रलाई कसरी अघि बढाउने भनेर पछिल्लो समय कार्यकारी प्रमुखले जस्तो गरी भेटघाट र छलफल अघि बढाएकी छिन। जुन राष्ट्रपतिको नभई सरकार प्रमुखको चासोको विषय हो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...