News Portal

कुमालगाउँमा हिमचुलिको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न

हिमाली संचार संवाददाता
७८८ पटक

खगेन्द्र बुढा/कालीकोट-माघ १९ – कर्णालि प्रदेश स्तरिय सहकारी संघ लि.का सचिव तथा हिमचुलि कृषि सहकारी संस्था लि.का अध्यक्ष कालीबहादुर महताराले कुनै पनि मानिसले कर्जा लिएर धनि बन्न सक्दैन तर कमाई गरेको रकम बचत गरेमा मात्र धनि बन्ने ठोकुवा गर्नु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा आज हिमचुली कृषि सहकारी संस्था लि.को कुमालगाउँ सेवा कार्यालय स्तरिय अर्धवार्षिक समिक्षा तथा केन्द्र प्रमुखहरुकाे गोष्ठिमा अध्यक्ष महताराले सो कुराले बताउनु भएको छ ।
संस्थाको कुमालगाउँ सेवा कार्यालयका व्यवस्थापक मनिका बोहराको अध्यक्षता तथा संस्थाका अध्यक्ष कालि बहादुर महताराको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा सहकारी संस्थाका गठित समुहहरुका अध्यक्षहरुको ५० जना महिलाहरुको उपस्थितिमा भएको हो । उक्त कार्यक्रममा सेवा कार्यालयले आर्थिक वर्ष २०७६/०७७मा छ महिनामा भए गरेका कार्यक्रमहरुको समिक्षा र आगामी कार्यक्रमका बारेमा छलफल सहित केन्द्र व्यवस्थापन सम्बन्धि ११ बुदे प्रतिवद्धता सहित सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा संचालक समिति सदस्य सम्झना बुढाको स्वागत मन्तव्य र लेखासहायक पुष्प प्रसाद उपाध्यायले संचालन गर्नु भएको कार्यक्रममा संस्थाको समग्र विषयमा मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले मन्तव्य राख्नु भएको थियो । त्यसै गरी गठित केन्द्रलाई व्यवस्थापन गर्नका लागि केन्द्रका प्रमुखहरुले खेल्नु पर्ने भुमिकाका विषयमा संस्थाका आन्तरिक लेखापरिक्षक रुपेन्द्र बहादुर ऐडीले समेत भनाइ राख्नु भएको फिल्ड सहयाक दिल बहादुर भण्डारीले बताउनु भएको छ । हिमचुलि कृषि सहकारी संस्था लि.को जिल्लाका पिलि,पादमघाट,गाल्जे र रास्कोटमा समेत अर्धवार्षिक समिक्षा तथा केन्द्र प्रमुख गोष्ठिहरु हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...