News Portal

रंगेलीमा क्षेत्रीय स्तरीय तेस्रो खेल सम्पन्न

रबिन्द्र बराल
६३३ पटक

मोरङ । रंगेलीमा क्षेत्रीय स्तरीय तेस्रो साउथन रिजनल प्याब्सन स्पोर्ट मिटको सम्पुर्ण खेल सम्पन्न भएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुलनारा सहित खेल सम्पन्न भएको हाे ।

उक्त खेलमा रतुवामाइ नगरपालिका, सुनवर्षि नगरपालिका , रंगेली नगरपालीका र धनपालथान गाउँपालिका भित्र रहेका जम्मा १४ वटा निजि विद्यालयहरुको प्रतियोगीतामा २१ विधामा खेलहरु भएको हाे ।

ज्याम्बिलङ्ग थ्रो, दौड, रिले रेस कबडि, क्रिकेट ,फुटबल लगायतको खेलहरू भएको थियोे । एथलेटिक्समा न्युस्टार बाेडिङ स्कुल दर्वेशा प्रथम भएको थियो । उसले ५ गाेल्ड, ५ सिल्भर र १ कास्य हात पारेको थियोे ।

दाेस्राेमा बाल ज्याेती ईङ्लिस बाेडिङ स्कुल फर्सडागीले ४ गेल्ड,२ सिल्भर र २ कास्य हाँसिल गरेको छ । त्यस्तै सनराईज बाेडिङ स्कुल सुनवर्सि टकुवाले ३ गाेल्ड, २ सिल्भर र ३ कास्य हात पारेको छ । त्यसैगरी फुटबल तर्फमा अरनिको बाेडिङ स्कुल अमरदहले ३ गाेल गरेर प्रथम भएको छ । रंजनी ईङ्लिस बाेडिङले १ गाेल गरेर दाेस्राे स्थान हासिल गरेको छ ।

क्रिकेट खेलमा मिनिल्यान्ड ईङ्लिस बाेडिङ स्कुल र रंजनी ईङ्लिस बाेडिङ स्कुल बिच भएको खेलमा मिनिल्यान्ड ईङ्लिस बाेडिङ स्कुल बिजय भएको छ । क्रिकेट खेलमा वेस्ट बलर मुनलाईटका परवेज आलम बेष्ट व्याटमेन्स रंजनीका राहुल बस्नेत , म्यादी अफ द सिरिज जित बहादुर उराँव, म्यानअफ द म्याच फाईनल खेलका मिनिल्यान्डका अंकित राेय घाेषित भएका छन ।

खेलमा प्रथम, द्वितीय र तृतीय हुने विधालय तथा बिधार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि रंगेलीका उपमेयर केशव कुमारी खराल , वडाअध्यक्ष धनश्याम पनेरु , प्यापसन माेरङका सल्लाहकार सुनिल पाैडेल, बिकर्ण कार्की ,जीवन खनाल ,माेति ढकाल , दिपेन्द्र थापा लगायतले बिजेता उपबिजेता खेलाडीहरुलाई सिल्ड प्रमाण-पत्र ट्रफी समेत बितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...