News Portal

रंगेलीमा क्षेत्रीय स्तरीय तेस्रो खेल सम्पन्न

रबिन्द्र बराल
५८७ पटक

मोरङ । रंगेलीमा क्षेत्रीय स्तरीय तेस्रो साउथन रिजनल प्याब्सन स्पोर्ट मिटको सम्पुर्ण खेल सम्पन्न भएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुलनारा सहित खेल सम्पन्न भएको हाे ।

उक्त खेलमा रतुवामाइ नगरपालिका, सुनवर्षि नगरपालिका , रंगेली नगरपालीका र धनपालथान गाउँपालिका भित्र रहेका जम्मा १४ वटा निजि विद्यालयहरुको प्रतियोगीतामा २१ विधामा खेलहरु भएको हाे ।

ज्याम्बिलङ्ग थ्रो, दौड, रिले रेस कबडि, क्रिकेट ,फुटबल लगायतको खेलहरू भएको थियोे । एथलेटिक्समा न्युस्टार बाेडिङ स्कुल दर्वेशा प्रथम भएको थियो । उसले ५ गाेल्ड, ५ सिल्भर र १ कास्य हात पारेको थियोे ।

दाेस्राेमा बाल ज्याेती ईङ्लिस बाेडिङ स्कुल फर्सडागीले ४ गेल्ड,२ सिल्भर र २ कास्य हाँसिल गरेको छ । त्यस्तै सनराईज बाेडिङ स्कुल सुनवर्सि टकुवाले ३ गाेल्ड, २ सिल्भर र ३ कास्य हात पारेको छ । त्यसैगरी फुटबल तर्फमा अरनिको बाेडिङ स्कुल अमरदहले ३ गाेल गरेर प्रथम भएको छ । रंजनी ईङ्लिस बाेडिङले १ गाेल गरेर दाेस्राे स्थान हासिल गरेको छ ।

क्रिकेट खेलमा मिनिल्यान्ड ईङ्लिस बाेडिङ स्कुल र रंजनी ईङ्लिस बाेडिङ स्कुल बिच भएको खेलमा मिनिल्यान्ड ईङ्लिस बाेडिङ स्कुल बिजय भएको छ । क्रिकेट खेलमा वेस्ट बलर मुनलाईटका परवेज आलम बेष्ट व्याटमेन्स रंजनीका राहुल बस्नेत , म्यादी अफ द सिरिज जित बहादुर उराँव, म्यानअफ द म्याच फाईनल खेलका मिनिल्यान्डका अंकित राेय घाेषित भएका छन ।

खेलमा प्रथम, द्वितीय र तृतीय हुने विधालय तथा बिधार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि रंगेलीका उपमेयर केशव कुमारी खराल , वडाअध्यक्ष धनश्याम पनेरु , प्यापसन माेरङका सल्लाहकार सुनिल पाैडेल, बिकर्ण कार्की ,जीवन खनाल ,माेति ढकाल , दिपेन्द्र थापा लगायतले बिजेता उपबिजेता खेलाडीहरुलाई सिल्ड प्रमाण-पत्र ट्रफी समेत बितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...