News Portal

स्वस्थानी ब्रत कथा भाग – १९ सुन्नुहोस् !

हिमाली संचार संवाददाता
५९७ पटक

काठमाडौं, १४ माघ । श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

ब्रतालुहरू हरेक दिन विहानैदेखि हात खुट्टाको नङ काटेर स्नान गरी ब्रत बस्ने गर्दछन् । ब्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नका साथै घरघर वा समुहमा बसेरमा श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने गरिन्छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ ।

ती स्थानहरूमा ब्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने ब्रत मध्येको एक श्री स्वस्थानी माताको ब्रत हो । यो ब्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यत्यी धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ ।

तराईको छट पूजा र पहाडको श्री स्वस्थानी ब्रत नेपालको संस्कृतिको एक अंग हो । श्री स्वस्थानी माताको ब्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेशमान्तक वन हाम्रैदेश नैपालको काठमाण्डौमा छन् । यो ब्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...