मुख्यमन्त्रीको सचिवालय विस्तार, प्रदेश सभाको हिउँदे अधिवेशन माघमै हुने

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो सचिवालयको बिस्तार गरेका छन्। सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले सचिवालयमा तीनजना थप गर्ने निर्णय गरेको हो।
मुख्यमंत्री राईले जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा पुर्व सहसचिव महेन्द्र गुरुङ र सूचना प्रविधि बिज्ञमा किसोर सुवेदी नियुक्त भएका हुन। प्रदेश नं. १ को हिउँदे अधिवेशन पनि यही माघ २३ गते बस्ने प्रदेश सरकारले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २०७६/०७७ हिउँदे अधिवेशन बस्ने निर्णय समेत गरेको हो। प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको निर्णय सार्वजनिक गरेका हुन्।
प्रदेश सरकारले प्रदेश नं. १ को लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.सरोज कोइरालालाई नियुक्त गर्ने समेत सोमबारै निर्णय गरेको छ।










