News Portal

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

हिमाली संचार संवाददाता
३७४ पटक

काठमाडौँ, १३ माघ : चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (हेल्थ डेस्क) स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा उक्त भाइरसको सङ्क्रमणको अनुमान गर्न निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नेपाल आउने हवाईजहाजहरु अवतरण गर्नुपूर्व यात्रुहरुलाई हेल्थ डेस्कमा गई आधारभूत जाँच गराउने व्यवस्था गर्न तथा विश्व स्वास्थ्य सङ्गठनले तोकिदिएको मापदण्डबमोजिम अवतरणको समयमा जहाजलाई सङ्क्रमणबाट बचाउने व्यवस्था गर्न निर्देशन दिइएको छ । त्यस्तै विमानस्थलमा कार्यरत कर्मचारीहरुलाई कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नसमेत निर्देशन दिइएको छ ।

होटल, ट्राभल तथा ट्रेकिङ एजेन्सीलाई पर्यटकमा भाइरसको कुनै पनि लक्षण देखिएमा यथाशीघ्र तोकिएको स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थाले उक्त भाइरसबारे अवलम्बन गर्नुपर्ने सजगता एवं पूर्वसावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गराउने, कुनै पनि स्वास्थ्यसम्बन्धी उल्लिखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवं गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने दिर्नेशन दिइएको हो ।

नेपालमा स्थलमार्गबाट पर्यटक प्रवेश गर्ने स्थान रसुवा, यारी नाकालगायत उत्तरी सीमा नाकाहरु समेतमा उल्लिखित सतर्कता र पूर्वसावधानीहरु अपनाउने, भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल ‘आइसोलेसन’मा राख्नुपर्ने भएकाले यस सम्बन्धमा सबैले पूर्वसावधानी एवं सजगताका साथ कार्य गर्ने निर्देशन दिइएको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

त्यस्तै चिनियाँ पर्यटकको बढी उपस्थिति हुने काठमाडाँै, पोखरा, चितवन र लुम्बिनी जस्ता स्थानहरुमा विशेष पूर्वसावधानी अवलम्बन गर्न, कोरोना भाइरसबाट बच्न र बचाउन जनचेतना वृद्धि गर्न, मानिसको धेरै आवतजावत हुने धार्मिक, सांस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचारप्रसार कार्य सञ्चालन गर्ने निर्देशन दिइएको छ ।

कोरोना भाइरससम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेका पोस्टर, पम्प्लेट, सूचनामूलक अन्य प्रचार सामग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटल तथा ट्राभल र ट्रेकिङ कम्पनीका कार्यस्थलमा पर्यटकले देख्ने गरी राख्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

प्रतिकृया दिनुहोस्

ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति, अवस्था नियन्त्रणमा

कुवेत। कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको घटनामा केही कर्मचारीहरू सामान्य रूपमा घाइते...

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको...

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...