News Portal

देशभरको मौसम बदली, तराईमा बाक्लो कुहिरो र हुस्सु

हिमाली संचार संवाददाता
५५० पटक

काठमाडौं ­– विहानदेखि देशभरको मौसममा बदली आएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा पनि हुस्सु लागेको छ ।

काठमाडौं उपत्यकामा पनि अकाशमा बादल लागेकाले घाम लागेको छैन । घाम नलागेका कारण देशभरको मौसम चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यका अनुसार तराई क्षेत्रमा बाक्लो कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा बदली भएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनमा आइतबार विहान साढे ७ बजे भैरहवा, जनकपुर र विराटनगरमा पनि विहानको भिजिविलिटी निकै कम रहेको छ ।पूर्वी पहाडी क्षेत्रमा भने पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले बताइन् । अन्य क्षेत्रमा पनि भने पानी पर्ने सम्भावना कम छ ।

आइतबार दिउँसोदेखि नै मौसम खुल्ने उनको भनाइ छ । पूर्वी भूभागमा रहेको न्युनचापीय मौसम प्रणलीका कारण बदली भएको महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...