News Portal

कालिकोटबाट महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार

खगेन्द्र बुढा
१९९७ पटक
१० माघ, २०७६

कालिकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं. ७ निवासी भरत बटालाकी २१ वर्षिय श्रीमती शान्ती बुढा बटालालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ।

बुधबार राति ११ बजे देखि नै सुत्केरी व्यथा लागेपछि नजिकै रहेको स्वास्थ्य चौकी माल्कोटमा भर्ना गरिएको थियो।

सुत्केरी व्यथा झन जटिल बनेका कारण प्रदेश अस्पताल विरेन्द्रनगर, सुर्खेतमा रिफर गरिएको सोही स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी मिठ्ठु सहकारीले जानकारी दिईन।

उनि सुत्केरी व्यथा लागेकी बटालालाई प्रदेश अस्पताल विरेन्द्रनगर, सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो।

उता प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा पनि पर्याप्त मात्रामा औषधी, उपकरणहरु तथा विषय विशेषज्ञ डाक्टर नहुँदा रिफर गर्नु परेको अ.न.मी. सहकारीले जानकारी दिईन।

नेपाल सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत सुत्केरी महिलाको लागि हेलिकोप्टर मार्फत उद्धार गर्ने कार्यक्रम ल्याईएको छ।

उद्धार तथा राहतका बारेमा दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिकले जानकारी नपाउँदा गत महिना पौष ०२ गते सोही गाउँपालिका वडा नंं. ९ कि पार्वती दर्जीको सुत्केरी हुन नसक्दा निधन भएको थियो।

उता नरहरिनाथ गाउँपालिकाबाट सुत्केरी तथा अति ईमरजेन्सी विरामीहरुका लागि प्रदेश तथा संघ सरकारकामा तत्काल उद्धारका लागि स्थानीय सरकार, गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरु सधै तयार रहन पौष २७/२८ गतेको छैठौ गाउँसभाबाट ध्यानाकर्षण गराएको गाउँपालिकाका प्रवक्ता गगन बहादुर फँडेराले जानकारी दिए।

निज सुत्केरी महिलालाई उद्धार कार्यमा सहयोग गर्नुहुने कर्णाली प्रदेशका मुख्यमन्त्री, संघीय सरकार र सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद समेत प्रवक्ता फँडेराले दिएका छन।

(फाईल तस्बिर)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...