News Portal

कालिकोटबाट महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार

खगेन्द्र बुढा
२०८२ पटक
१० माघ, २०७६

कालिकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं. ७ निवासी भरत बटालाकी २१ वर्षिय श्रीमती शान्ती बुढा बटालालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ।

बुधबार राति ११ बजे देखि नै सुत्केरी व्यथा लागेपछि नजिकै रहेको स्वास्थ्य चौकी माल्कोटमा भर्ना गरिएको थियो।

सुत्केरी व्यथा झन जटिल बनेका कारण प्रदेश अस्पताल विरेन्द्रनगर, सुर्खेतमा रिफर गरिएको सोही स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी मिठ्ठु सहकारीले जानकारी दिईन।

उनि सुत्केरी व्यथा लागेकी बटालालाई प्रदेश अस्पताल विरेन्द्रनगर, सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो।

उता प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा पनि पर्याप्त मात्रामा औषधी, उपकरणहरु तथा विषय विशेषज्ञ डाक्टर नहुँदा रिफर गर्नु परेको अ.न.मी. सहकारीले जानकारी दिईन।

नेपाल सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत सुत्केरी महिलाको लागि हेलिकोप्टर मार्फत उद्धार गर्ने कार्यक्रम ल्याईएको छ।

उद्धार तथा राहतका बारेमा दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिकले जानकारी नपाउँदा गत महिना पौष ०२ गते सोही गाउँपालिका वडा नंं. ९ कि पार्वती दर्जीको सुत्केरी हुन नसक्दा निधन भएको थियो।

उता नरहरिनाथ गाउँपालिकाबाट सुत्केरी तथा अति ईमरजेन्सी विरामीहरुका लागि प्रदेश तथा संघ सरकारकामा तत्काल उद्धारका लागि स्थानीय सरकार, गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरु सधै तयार रहन पौष २७/२८ गतेको छैठौ गाउँसभाबाट ध्यानाकर्षण गराएको गाउँपालिकाका प्रवक्ता गगन बहादुर फँडेराले जानकारी दिए।

निज सुत्केरी महिलालाई उद्धार कार्यमा सहयोग गर्नुहुने कर्णाली प्रदेशका मुख्यमन्त्री, संघीय सरकार र सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद समेत प्रवक्ता फँडेराले दिएका छन।

(फाईल तस्बिर)

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...