News Portal

दीपक मनाङेले एन्फाका अध्यक्ष गुरुङलाई झापड हानेपछी..

दीपक मनाङे भन्छन् : झापड त कम हो, गोली हान्नुपर्छ !

हिमाली संचार संवाददाता
७७२ पटक

कास्की ०८ , २०७६ माघ : पोखरामा मंगलबारदेखि सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा विशेष अतिथिको रुपमा डाकिएका थिए गण्डकी प्रदेशका सांसद दीपक मनाङे। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए।

मुख्यमन्त्री कप उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा थिए सबै। मुख्यमन्त्रीलाई स्वागतको तयारी चलिरहेको बेला सांसद मनाङले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हाने।

आखिर मनाङ्गेले गुरुङलाई किन हातपात गरे त ? रातोपाटीले एन्फा कास्कीका अध्यक्षलाई झापड हान्नुको कारणबारे सांसद मनाङेसँग कुराकानी गरेको छ।

मनाङेसँग​ गरेको कुराकानी जस्ताको तस्तै:

आजदेखि गेम सुरु भयो। कहाँ बस्ने ? कहाँ सुत्ने थाहा छैन। टाइसिट निकाल्दासम्म जिल्लाको अध्यक्षलाई थाहा छैन। भ्रष्टाचार बढेको छ। सिस्टम ब्रेक गर्ने हो। तपाईंले लेखेर गर्नुहुन्छ। म झापड हानेर गर्छु।

यो एकदम फटाहा रै छ। यसको स्वास्नी र बच्चा पाल्न एन्फा बनाएको होइन नेपालमा। यो फटाहाले अत्याचार गरिरहेको छ नेपालमा। फुटबलको नाममा पैसा आउने। यसको स्वास्नी र छोराछोरीलाई खुवाउने होइन। फुटबलको नाममा आएको पैसा यसले भ्रष्टाचार गरेको प्रमाण छ। प्रमाण भएरै तपाईंलाई भनेको हो।

म काठमाडौंको सांसद भएको भए यी बच्चाहरुले कहाँ बस्थे कहाँ सुत्थे ? म पोखरा थिए र पो मैले मिलाए। बिचरा हिउँ परेको बाटोमा ८ दिनदेखि हिँड्दै बच्चाहरु गेम खेल्न आएका छन्।

नेपालमा झापड त कमै हो, आज मैले झापड मात्र हाने तर यिनीहरुलाई गोली हान्नुपर्ने हुन्छ। तर, के गर्ने हाम्रो गोली हान्ने निकाय छैन। सांसदको काम हो यो। आफ्नो प्रदेशमा राम्रो नराम्रो के गर्नुपर्छ मलाई थाहा छ।

खासमा मेरो अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङलाई पनि झापड हान्ने प्रोग्राम थियो। अर्को ठाउँमा त यसले मेरो पिटाई खाइहाल्छ। यति धेरै चोरी चकारी गर्नेलाई मैले भेट्न नपरोस्।

पूर्वअध्यक्ष गणेश थापालाई फेरेर ल्याएको यो राम्रो मान्छे भनेर हो। तर, यो त थापा भन्दापनि खतम देखियो। खेल ४ गते भनेर ७ गते सार्‍यो। इन्फर्मेसन दिन पर्दैन यसले ? मेरो गाउँको मान्छे। आज म पोखरामा थिए। राम्रो भयो। म यहाँ नभएको भए प्लेयर्सहरुलाई कसले खुवाउँथ्यो ? कहाँ खाने कसले सुताउने ?

नेपालीको नाममा फिफाबाट पैसा खाने। यसको स्वास्नी र बच्चा हुर्काउने ? ८/१० वटा पत्रकारलाई पैसा खुवाएर राम्रो लेख्न लगाउने। अतिथिमा पनि पोखराको काम न काजको मान्छेलाई २० देखि २५ हजार खाएर ल्याउने।

मलाई विशिष्ट अतिथि रे। मेरो केही काम छैन विशेष अतिथिमा बस्ने ? विशेष अतिथि पनि ५० हजार लिने र त्यसलाई बनाउने। पैसा खाएर अतिथि बन्ने मान्छे म होइन। पैसा खाएर बिक्ने होइन। म माननीय हो। मैले एक्सन नलिए कस्ले लिने ? झापड हान्ने अधिकार मसँग छ।

मुख्यमन्त्री कप गाउँमा गराउने ? मनकामना कप रंगशालमा ? मुख्यमन्त्री कप भनेको के हो ? पृथ्वीसुब्बा गुरुङको लागि लडेको होइन म। भोलि कुल्लिको छोरा पनि मुख्यमन्त्री हुनसक्छ। मैले मुख्यमन्त्री पदको लागि लडेको हो। मुख्यमन्त्री कप भनेपछि रंगशालमा हुनुपर्छ। सैनिक गाउँमा होइन।

यो जस्तो चोर फटाहालाई यत्तिकै छाड्नुहुन्न। म जिन्दगीमा भ्रष्टाचार गर्दिन। ‘भगवान कसम, आमाबाबु कसम खाएर भन्छु म भ्रष्टाचार गर्न सांसद बनेको होइन। आफ्नो पैसा खर्च भएको छ। तर, भ्रष्टाचार गरेको छैन। एक दुई जनालाई पैसा खुवाएर यो हिरो बनेको छ।

मुख्यमन्त्रीको बेइज्जत हुुनुभएन। भ्रष्टाचारीलाई प्रत्येक जिल्लामा झापड हान्नु पर्ने। यहि ताल हो भने सबैले झापड खान्छन्। (रातोपाटी)

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...