News Portal

धादिङमा ट्रक दुर्घटना हुँदा ३ को मृत्यु, ४० घाईते

हिमाली संचार संवाददाता
१३९० पटक

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससााह ज्यामीरेमा आईचर ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी ४० जना भन्दा बढी घाईते भएका छन्। घाईतेहरुको उद्धार गरी अहिले जिल्ला अस्पताल ल्याईएको छ।

घट्ना स्थलमा प्रहरी,रेडक्रसकर्मी,स्थानीयहरुले उद्धार गरीरहेका छन्यो। यो समाचार तयार पार्दा समेत ७ वटा एम्बुलेन्सबाट घाईतेलाई उपचारको लागि अस्पताल ल्याईएको छ।

घट्नाको विस्तृत वितरण भने आउन बाँकि रहेको छ। हरेक हप्ताको मंगलबार ढोला मण्डलीमा पुजा गर्ने चलन रहेको धादिङसंचारले जनाएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...