News Portal

अस्ट्रेलियामा भीषण आँधीबेहरी विद्युत लाइन अवरुद्ध

हिमाली संचार संवाददाता
६५४ पटक

सिड्नी : मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण  करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ।

मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो।

राज्य आपतकालीन सेवा (एसईएस) का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए। मुख्यतया यी फोनहरु भाँचिएका रूखका डरले आएको एसईएसका निर्देशक पल बेलीले स्काई न्यूजलाई बताएका छन्।

रुखले सडकमा गुडिरहेका कैयौं मानिसका कारलाई थिचेको थियो। केही भागहरूमा प्रति घण्टा १०० किलोमिटरका हिसाबले आँधीबेहरी आएको बताइएको छ।

सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ्ग सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।  – बिबिसी

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...