News Portal

दुबईमा नेपाली व्यवसायीद्वारा रिलायवल स्टार कार्गो सेवा संचालन

हिमाली संचार संवाददाता
७६९ पटक

आरपी ढुंगेल
युएई २१, २०२० जनवरी : युएईस्थित नेपालीहरुको लोकप्रिय भेटघाटकेन्द्र बरदुबईमा नेपाली व्यावसायीद्वारा नयाँ कार्गो सेेेवा संचालनमा आउने भएको छ।

युएईका बजारमा पाइने गुणस्तरीय सामग्रीहरु नेपाल लगायत अन्य देशहरुमा समयमै पुर्‍याउने लक्ष्य लिएर कार्गो व्यावसाय शुरु गर्न लागेको संचालक ओमप्रकाश न्यौपानेले बताउनु भएको छ।

विशेषगरी नेपालीहरुकै सेवा र सुविधाको लागि अति भरपर्दो कार्गो सेवा प्रदान गर्ने उदेश्य लिएर नेपाली युवा व्यावसायीहरुको अग्रसरतामा रिलायवल स्टार कार्गो एलएलसी बर दुबईको कोसेली ट्राभल सँगैकाे भवनमा आगामी ३१ जनवरीमा उदघाटन हुने संचालक न्यौपानेले जानकारी दिनुभएको छ।

नेपालीहरुलाई नै पहिलो प्राथमिकतामा राखेर स्थापना गर्न लागेका कारण युएईमा रहेका नेपाली सामाजिक संघसंस्थाका प्रमुख/ प्रतिनिधि, व्यावसायी, पत्रकार तथा सर्वसाधारण नेपालीहरुलाई संचालकहरुले विशेष निमन्त्रणा गर्नुभएको छ।

काठमाडौं उपत्यकामा हालसम्मको सस्तो दरमा युएईबाट कार्गो सुविधा प्रदान गरिने सन्चालकले दाबी गर्नुभएको छ।

नेपालका सबै जिल्लाहरुमा छिटो, सस्तो र भरपर्दो सेवा दिने लक्ष्यका साथमा स्थापना हुन लागेको रिलायवल स्टार कार्गोलाई सेवा गर्ने अवसर दिन संचालकहरुले युएईमा रहेका नेपालीहरुलाई आग्रह समेत गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...