News Portal

दुबईमा नेपाली व्यवसायीद्वारा रिलायवल स्टार कार्गो सेवा संचालन

हिमाली संचार संवाददाता
६७६ पटक

आरपी ढुंगेल
युएई २१, २०२० जनवरी : युएईस्थित नेपालीहरुको लोकप्रिय भेटघाटकेन्द्र बरदुबईमा नेपाली व्यावसायीद्वारा नयाँ कार्गो सेेेवा संचालनमा आउने भएको छ।

युएईका बजारमा पाइने गुणस्तरीय सामग्रीहरु नेपाल लगायत अन्य देशहरुमा समयमै पुर्‍याउने लक्ष्य लिएर कार्गो व्यावसाय शुरु गर्न लागेको संचालक ओमप्रकाश न्यौपानेले बताउनु भएको छ।

विशेषगरी नेपालीहरुकै सेवा र सुविधाको लागि अति भरपर्दो कार्गो सेवा प्रदान गर्ने उदेश्य लिएर नेपाली युवा व्यावसायीहरुको अग्रसरतामा रिलायवल स्टार कार्गो एलएलसी बर दुबईको कोसेली ट्राभल सँगैकाे भवनमा आगामी ३१ जनवरीमा उदघाटन हुने संचालक न्यौपानेले जानकारी दिनुभएको छ।

नेपालीहरुलाई नै पहिलो प्राथमिकतामा राखेर स्थापना गर्न लागेका कारण युएईमा रहेका नेपाली सामाजिक संघसंस्थाका प्रमुख/ प्रतिनिधि, व्यावसायी, पत्रकार तथा सर्वसाधारण नेपालीहरुलाई संचालकहरुले विशेष निमन्त्रणा गर्नुभएको छ।

काठमाडौं उपत्यकामा हालसम्मको सस्तो दरमा युएईबाट कार्गो सुविधा प्रदान गरिने सन्चालकले दाबी गर्नुभएको छ।

नेपालका सबै जिल्लाहरुमा छिटो, सस्तो र भरपर्दो सेवा दिने लक्ष्यका साथमा स्थापना हुन लागेको रिलायवल स्टार कार्गोलाई सेवा गर्ने अवसर दिन संचालकहरुले युएईमा रहेका नेपालीहरुलाई आग्रह समेत गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...