News Portal

लेखक तथा नेकपाका पूर्व केन्द्रीय सदस्य लोहनी चितवनमा पक्राउ

हिमाली संचार संवाददाता
५४१ पटक

काठमाडौं ०६, २०७६ माघ : लेखक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

सोमबार बाटोमा हिडिरहेका बेला उनलाई अपहरण शैलीमा प्रहरीले पक्राउ गरेको उनको पारिवारिक स्रोतले बताएको छ।

उनलाई केकति कारणले पक्राउ गरेको हो भन्ने विषयमा प्रहरीले केहि जानकारी नदिएको उनकी धर्मपत्नी सरला रेग्मीले बताइन।

लोहनीलाई सोमबार दिउसो समातेर जिल्ला प्रहरी कार्यालय चितवनमै राखिएको बुझिएको छ। लोहनी विद्रोही नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन्।

बिगत लामो समयदेखि अस्वस्थ रहेका लोहनीले स्वास्थ्यकै कारण केहि समयअघि मात्रै नेकपाको केन्द्रीय समितिबाट बिदा लिएका थिए। उनलाई यसअघि पनि गत असोजमा चितवन प्रहरीले पक्राउ गरेको थियो। त्यसबखत पनि उनी १३ दिन हिरासतमा बसेका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले यस विषयमा आफुलाई कुनै सुचना नै नआएको बताएको संचारकेन्द्रडटकमले जनाएको छ।

उक्त पक्राउको विषयमा जान्न खोज्दा प्रवक्ता कोइरालाले उल्टै  ‘सूचना कहाँबाट आयो भनेर’  हास्यास्पद जवाफ फर्काए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...