News Portal

राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेछ- डा.शिवमाया तुम्बाहाम्फे

हिमाली संचार संवाददाता
५४८ पटक

काठमाण्डौ । संसद बैठकमा उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाम्फेले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी छिन्। संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै डा.तुम्बाहाम्फेले आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गर्दै राजिनामा दिएको उल्लेख गर्दै सो कुरा बताएकी हुन।

डा.तुम्बाहाम्फे ‘मैले बाजी मारें, म सभामुख हुन्छु/हुन्न दोस्रो पाटो थियो। तर मैले यो संस्थालाई सफल बनाएँ,’ उनले पत्रकार सम्मेलनमा ‘देशमा पितृसंस्था रहेको बताएकी हुन्। मुलुकमा परिवर्तन गर्न अझै धेरै मेहनत गर्नु पर्ने रहेछ। हामी सबै मिलेर राजसंस्था त फालियो। राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ। उनी थप्छिन कुनै ब्याक्ति र पार्टी भन्दा संविधान ठुलो हो। संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन। संस्थाले दिएर के हुन्थ्यो? व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो।

डा.तुम्बाहाम्फेले आजदेखि काम गर्ने बाटो परिवर्तन गरेको बताइन्। ‘आजदेखि काम गर्ने ट्याक परिवर्तन गर्दैछु,’ उनले भनिन्। तर त्यो बाटो के हो भन्नेबारे उनले पत्रकारहरूलाई आफैं खोज्न आग्रह गर्दै आफूले बोलेको कुरा पुर्‍याएर राजीनामा दिएको स्पष्ट पारिन्। ‘मैले जे बोलें त्यो पुर्‍याएँ। नेताले भनेको आधारमा होइन,’ उनले भनिन्, ‘कहिले राजीनामा दिनुहुन्छ भन्ने प्रश्न थियो। सत्तापक्षले उम्मेदवार तय गरेर सन्देश आएपछि मार्गप्रशस्त गरेकी हु। त्यो कुरा आज पूरा गरे उनले पत्रकारहरूले लेखेका समाचारबारे ‘सकरात्मकभन्दा नकरात्मक समाचारले आफुलाई उर्जा थपेको समेत बताए। 

 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...