News Portal

डाेरबहादुर विष्टको जन्मोत्सवमा अनुवाद पुस्तक सार्वजनिक

हिमाली संचार संवाददाता
८७२ पटक

काठमाडौँ : मानवशास्त्री डाेरबहादुर विष्टकाे ९३ औं जन्मोत्सवकाे उपलक्ष्यमा पारेर पुस्तक सार्वजनिक गरिएकाे छ। त्रिभुवन विश्वविद्यालयकाे मानवशास्त्र विभाग र कर्णाली इन्स्टिच्युटको आयोजनामा विष्टको परिवारले किताब प्रकाशन गरेको हो।

विष्टको सन् १९९१ मा प्रकाशित ‘फ्याटलिज्म एन्ड डेभलपमेन्टः नेपाल्स स्ट्रगल्स फर मोर्डनाइजेसन’ किताबको नेपाली अुनवाद ‘भाग्यवाद र विकास आधुनिकीकरण हेतु नेपालको जमर्को’ शनिबार सार्वजनिक गरिएको हो। यस पुस्तक वसन्त थापाले अनुवाद गरेका हुन्।

‘सन् १९९१ मा पहिलोपटक यस पुस्तक प्रकाशित भएको यस पुस्तक निकै वर्षपछि अनुवाद गर्न सकियो तर त्यसबेलाको बहस र अहिलेको बहस उस्तै छ। केही परिवर्तन भएको छैन। त्यसैले यस पुस्तक आजपनि उत्तिकै सार्न्दभीक छ,’ थापाले भने।

कार्यक्रममा अनुवादक थापा, मानवशास्त्री बिहारी कृष्ण श्रेष्ठ र जगमान गुरुङले विष्टको जीवन र उनको कामको बारेका स्मरण सुनाएका थिए।

डोरबहादुरको पुस्तकले ईश्वर वा भाग्यमा भर पर्ने चलनले नेपाली समाज विकास हुन सकेन भन्ने तर्कलाई समाजशास्त्रीय अवधारणामार्फत् यस पुस्तकमा प्रस्तुत गरेका थिए।

कर्णाली इन्स्टिच्युट डोरबहादुरले जुम्लाको चौधबीसामा २०४८ सालमा खडा गरेका थिए। यसै इन्स्टिच्युटको मार्फत् उनले चौधबीसाको खस बस्तीका बारेमा प्राज्ञिक अध्ययन र अनुसन्धान गरेका थिए। उनले त्यस भेगमा अध्ययनमात्र नगरेर समाज विज्ञानका सिद्धान्तहरुलाई लागू गर्नपनि खोजेका थिए। २०५२ सालको अन्त्यतिर उनी चौधबीसा हुँदै नेपालगन्जबाट कता हराए अहिलेसम्म थाहा छैन।

राणाशासनपछिको पुस्ताका मानवशास्त्री विष्टलाई ‘फादर अफ नेप्लीज एन्थ्रोपोलोजी’ पनि मानिन्छ। सन् १९७८ मा उनलाई त्रिभुवन विश्वविद्यालयमा एन्थ्रोपोलजीका प्रोफेसर बनाइयो। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र र मानवशास्त्र विभागको सुरुवात गर्न पनि उनले महत्वपूर्ण भूमिका खेले।

उनले पिपुल अफ नेपाल (सन् १९६७)मा नेपाली भूभागमा बसोबास गर्दै आएका जातिहरुको मानवशास्त्रीय अध्ययन र लेखन गरेका थिए। उनको ‘सोताला’ उपन्यास र कथाहरु पनि प्रकाशित छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...