News Portal

डाेरबहादुर विष्टको जन्मोत्सवमा अनुवाद पुस्तक सार्वजनिक

हिमाली संचार संवाददाता
७१७ पटक

काठमाडौँ : मानवशास्त्री डाेरबहादुर विष्टकाे ९३ औं जन्मोत्सवकाे उपलक्ष्यमा पारेर पुस्तक सार्वजनिक गरिएकाे छ। त्रिभुवन विश्वविद्यालयकाे मानवशास्त्र विभाग र कर्णाली इन्स्टिच्युटको आयोजनामा विष्टको परिवारले किताब प्रकाशन गरेको हो।

विष्टको सन् १९९१ मा प्रकाशित ‘फ्याटलिज्म एन्ड डेभलपमेन्टः नेपाल्स स्ट्रगल्स फर मोर्डनाइजेसन’ किताबको नेपाली अुनवाद ‘भाग्यवाद र विकास आधुनिकीकरण हेतु नेपालको जमर्को’ शनिबार सार्वजनिक गरिएको हो। यस पुस्तक वसन्त थापाले अनुवाद गरेका हुन्।

‘सन् १९९१ मा पहिलोपटक यस पुस्तक प्रकाशित भएको यस पुस्तक निकै वर्षपछि अनुवाद गर्न सकियो तर त्यसबेलाको बहस र अहिलेको बहस उस्तै छ। केही परिवर्तन भएको छैन। त्यसैले यस पुस्तक आजपनि उत्तिकै सार्न्दभीक छ,’ थापाले भने।

कार्यक्रममा अनुवादक थापा, मानवशास्त्री बिहारी कृष्ण श्रेष्ठ र जगमान गुरुङले विष्टको जीवन र उनको कामको बारेका स्मरण सुनाएका थिए।

डोरबहादुरको पुस्तकले ईश्वर वा भाग्यमा भर पर्ने चलनले नेपाली समाज विकास हुन सकेन भन्ने तर्कलाई समाजशास्त्रीय अवधारणामार्फत् यस पुस्तकमा प्रस्तुत गरेका थिए।

कर्णाली इन्स्टिच्युट डोरबहादुरले जुम्लाको चौधबीसामा २०४८ सालमा खडा गरेका थिए। यसै इन्स्टिच्युटको मार्फत् उनले चौधबीसाको खस बस्तीका बारेमा प्राज्ञिक अध्ययन र अनुसन्धान गरेका थिए। उनले त्यस भेगमा अध्ययनमात्र नगरेर समाज विज्ञानका सिद्धान्तहरुलाई लागू गर्नपनि खोजेका थिए। २०५२ सालको अन्त्यतिर उनी चौधबीसा हुँदै नेपालगन्जबाट कता हराए अहिलेसम्म थाहा छैन।

राणाशासनपछिको पुस्ताका मानवशास्त्री विष्टलाई ‘फादर अफ नेप्लीज एन्थ्रोपोलोजी’ पनि मानिन्छ। सन् १९७८ मा उनलाई त्रिभुवन विश्वविद्यालयमा एन्थ्रोपोलजीका प्रोफेसर बनाइयो। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र र मानवशास्त्र विभागको सुरुवात गर्न पनि उनले महत्वपूर्ण भूमिका खेले।

उनले पिपुल अफ नेपाल (सन् १९६७)मा नेपाली भूभागमा बसोबास गर्दै आएका जातिहरुको मानवशास्त्रीय अध्ययन र लेखन गरेका थिए। उनको ‘सोताला’ उपन्यास र कथाहरु पनि प्रकाशित छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...