News Portal

संचारकर्मी रबि लामिछानेसहित तीनै जना निर्दोष ठहर

हिमाली संचार संवाददाता
७१२ पटक

काठमाडौं : आत्महत्या दुरुत्साहन मुद्दामा संचारकर्मी रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। चितवन जिल्ला अदालतले आइतबार माघ ५ मा आत्महत्या दुरुत्साहन गरेको कसुरमा उनीहरु निर्दाेष रहेको भन्दै सफाइ दिएको हो।

यस अघि रबि लामिछाने र युबराज कडेलधरौटी बझाएर थुनामुक्त भएका थिए। पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्यायिक हिरासत बसेर गत भदौ ९ गते रिहा भएका थिए।

पत्रकार पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय मृत्यु सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेर अभियोग पत्र दर्ता गरिएको थियो।

पत्रकार पुडासैनीको रहस्यमय मृत्युमा उनीहरुको भूमिका रहेको भन्दै सरकारी वकीलले उनीहरुविरुद्ध ८ भदौमा चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन गरेको कसुरमा अभियोग पत्र दर्ता गरेका थिए।

दुवै पक्षको कानुन व्यवसायीको बहसपछि ९ भदौमा चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। अस्मिता भने साधारण तारेखमा रिहा भएकी थिइन। अभियोग पत्रमा उनीहरुविरुद्ध ५ वर्ष जेल सजाय र ५० हजार जरिवानाको माग गरिएको थियो।

रिहा भएपनि जिल्ला अदालतले विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बो’ल्न नपाउने भन्दै बन्देज लगाएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...