News Portal

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन: प्रतिवद्धता पत्रमा लगानी भित्र्याउने मुद्दा

हिमाली संचार संवाददाता
७०१ पटक

बाँके ०५,२०७६ माघ : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका प्रतिस्पर्धी समावेशी प्यानलले र साझा प्रजातान्त्रिक प्यानलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरु दुवैको घोषणापत्रमा बाँकेको आर्थिक विकासको मुद्दालाई प्राथमिकताका साथ जोड दिइएको छ।

अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले बाँकेमा ठुला लगानी भित्र्याउन लगानी सम्मेलन गर्नेदेखि व्यवसायीलाई दुःख पर्दा तत्काल परिचालन हुने ‘हेल्प टिम’ बनाउने प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शनिवार समावेशी प्यानलले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो।

प्रतिवद्धता पत्रमा नेपालगन्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित हुँदाहुँदै पनि अपेक्षाकृत उद्योगको संख्या बढ्न नसकेको भन्दै चिन्ता गरिएको छ।

नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकीकृत भन्सार चेकपोष्ट, रेलमार्ग बिस्तार, नौवस्ता औद्योगक क्षेत्र, बिशेष आर्थिक क्षेत्र ‘सेज’जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला यहाँ सानादेखि ठूला लगानीका उद्योगहरु स्थापना हुने प्रशस्त सम्भावना भएको प्रतिवद्धता पत्रमा भनिएको छ।

यसका लागि लगानीकर्तालाई आकर्षित गर्न हाम्रो पहलकदमी पनि आवश्यक देखिएको भन्दै समावेशी प्यानलले देशर बिदेशका लगानीकर्तालाई बाँकेमा आकर्षित गर्न स्पष्ट योजना सहित ‘लगानी सम्मेलन’, अन्तरराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी जस्ता बिषयगत मेला आयोजना गर्ने प्रतिवद्धता जनाएको छ।

लगानी बोर्डलाई आह्वान गरी बिज्ञ समूहमार्फत त्यसको स्पष्ट खाका निर्धारण गर्ने र लगानी सम्मेलन र कृषि तथा औद्योगिक प्रदर्शनीले बाँकेमा लगानी गर्नका लागि राज्य र लगानीकर्ताको ध्यान यसतर्फ खिच्ने अपेक्षा गरिएको छ।

त्यस्तै उद्यमी व्यवसायीहरुलाई पर्न आउने व्यवसायीक पिरमर्काहरुलाई शिघ्र सम्बोधन गर्न संघका पदाधिकारीकै नेतृत्वमा सूचना पाउँना साथ तत्काल परिचालन हुने गरी ‘हेल्प टिम’ बनाउने र उक्त टिम उद्योगी, व्यवसायीको समस्या समाधान गर्न अहोरात्र खटिन तयार हुने प्रतिवद्धता व्यक्त गरिएको छ।
त्यस्तै ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले पनि सात पृष्ठ लामो प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेको छ।

उक्त उद्योगी व्यवसायीहरुको सुरक्षा र सम्मान गर्ने, उद्योग बाणिज्य संघप्रति उद्योगी व्यवसायीहरुको घट्दै गएको विश्वास पुनः फर्काउने प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ। संस्थागत विकासदेखि पेशागत तथा बिषयगत संघसंस्थाहरुसँग सहकार्य गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ।

प्रतिबद्धता पत्रमा व्यवसायीक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गर्ने, व्यवसायीहरुको प्राज्ञिक विकासलाई विस्तार गर्ने, सुख्खा बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायसँग पहल गर्ने जनाइएको छ।

त्यस्तै प्रतिवद्धता पत्रमा सूचना र सञ्चार पारदर्शीताको आधार भन्ने नारालाई चरितार्थ गर्ने उल्लेख गरिएको छ। त्यसैगरी नेपालगन्ज उद्योग बाणिज्य संघको अल्पकालीन तथा दीर्घकालीन रणनैतिक योजना तथा कार्ययोजना तयार गर्ने र कार्यान्वयन गर्ने, संघको विधान अक्षरसः पालन गर्दै संघको मानमर्यादालाई उच्च बनाउनुका साथै विधानमा भएको कमी कमजोरीलाई विधानमा संशोधन समायानुकूल सुधार गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।

आगामी ११ गते हुने संघको निर्वाचनमा समावेशी प्यानलले वर्तमान बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नालाई अध्यक्षको उम्मेद्वार बनाएको छ। जसको वाणिज्यतर्फ ज्ञानेन्द्र श्रेष्ठ, उद्योगतर्फ आदेश अग्रवालको उपाध्यक्ष पदमा उम्मेदवारी छ।

सदस्यमा टंक धामी, हरिलाल न्यौपाने, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, राजेश बैश्य, धर्म अर्याल, विजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भीम रानाभाट रहेको छ।

बस्तुगततर्फ होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजंग राणा ‘सिद्धु’को उम्मेदवारी रहेको छ। त्यस्तै साझा प्रजातान्त्रिक प्यानल व्यवसायी ललित रौनियारलाई अध्यक्षको उम्मेद्वार बनाएको छ।

सो प्यानलबाट उद्योगतर्फ तपेन्द्रबिक्रम शाह र वाणिज्यतर्फ अमित बस्नेतको उपाध्यक्षमा उम्मेदवारी छन्। यस्तै सदस्यमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ र सुरेन्द्रसिंह सरदारको उम्मेदवारी रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...