News Portal

रंगेलीमा क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल प्याब्सन स्पोर्ट टिमको खेल शुरु

रबिन्द्र बराल
४५५ पटक

मोर ०४, २०७६ माघ : रंगेलीमा क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल प्याब्सन स्पोर्ट मिटको पहिलो चरणकाे खेल शुक्रबार देखि सुरु भएको छ। “स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने  मुल नारा सहित तेस्रो साउथर्न रिजनल खेल सुरु भएको हाे।

रतुवामाई नगरपालिका, सुनवर्षि नगरपालिका, रंगेली नगरपालिका र धनपालथान गाउँपालिका भित्र रहेका जम्मा १४ वटा निजि विद्यालयहरुकाे प्रतियोगीतामा एघार विधामा प्रतिस्पर्दा गर्ने छन।

खेलमा प्रथम, द्वितीय र तृतीय हुने विधालय तथा बिधार्थीहरुलाई नगद, शिल्ड, मेडल र प्रमाण-पत्र वितरण गर्ने आयोजकले जनाएको छ। पहिलो चरणमा फुटबल त्यस पछि क्रिकेट खेल हुने भएको छ।  

शुक्रबार भएको फुटबल खेलमा एस्टार रन्जनि, अरनिको अमरदह, सजन इमेज कर्सिया, बालदेवदुत रन्जनी र न्युस्टार रङेलीले जित हासिल गर्दे क्वाटर फाइनलमा आफ्नो स्थान सुनिस्चित गरेको छ।

पहिलो चरणको खेल पूरा भए पछि दाेश्रो चरणमा क्रिकेट खेल हुने र त्यस पछि  ज्याम्बिलङ्ग थ्रो, दौड, रिले रेस लगायतको विभिन्न खेलहरू समावेश हुने आयोजकले जानकारी दिएको छ। सम्पुर्ण खेल रंगेली जनता क्याम्पसको खेल मैदानमा हुने खेल संयोजक बिकर्ण कार्कीले बताएका हुन।

प्रतिकृया दिनुहोस्

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...