News Portal

रंगेलीमा क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल प्याब्सन स्पोर्ट टिमको खेल शुरु

रबिन्द्र बराल
५७४ पटक

मोर ०४, २०७६ माघ : रंगेलीमा क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल प्याब्सन स्पोर्ट मिटको पहिलो चरणकाे खेल शुक्रबार देखि सुरु भएको छ। “स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने  मुल नारा सहित तेस्रो साउथर्न रिजनल खेल सुरु भएको हाे।

रतुवामाई नगरपालिका, सुनवर्षि नगरपालिका, रंगेली नगरपालिका र धनपालथान गाउँपालिका भित्र रहेका जम्मा १४ वटा निजि विद्यालयहरुकाे प्रतियोगीतामा एघार विधामा प्रतिस्पर्दा गर्ने छन।

खेलमा प्रथम, द्वितीय र तृतीय हुने विधालय तथा बिधार्थीहरुलाई नगद, शिल्ड, मेडल र प्रमाण-पत्र वितरण गर्ने आयोजकले जनाएको छ। पहिलो चरणमा फुटबल त्यस पछि क्रिकेट खेल हुने भएको छ।  

शुक्रबार भएको फुटबल खेलमा एस्टार रन्जनि, अरनिको अमरदह, सजन इमेज कर्सिया, बालदेवदुत रन्जनी र न्युस्टार रङेलीले जित हासिल गर्दे क्वाटर फाइनलमा आफ्नो स्थान सुनिस्चित गरेको छ।

पहिलो चरणको खेल पूरा भए पछि दाेश्रो चरणमा क्रिकेट खेल हुने र त्यस पछि  ज्याम्बिलङ्ग थ्रो, दौड, रिले रेस लगायतको विभिन्न खेलहरू समावेश हुने आयोजकले जानकारी दिएको छ। सम्पुर्ण खेल रंगेली जनता क्याम्पसको खेल मैदानमा हुने खेल संयोजक बिकर्ण कार्कीले बताएका हुन।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...