News Portal

चितवनमा प्रधानमन्त्री ओली निकट नेताले प्रचण्ड निकट पत्रकारलाई कुटेपछी…

हिमाली संचार संवाददाता
५४२ पटक

चितवन ०४, २०७६ माघ : प्रेस संगठनका जिल्ला सदस्य तथा सौराहा अनलाइनका सम्पादक राजेन्द्र आचार्यमाथि शुक्रबार साँझ आक्रमण भएको छ।

दाताज इभेन्टले भरतपुरस्थित द तन्दुरी प्यालेसमा आयोजना गरेको रात्रीकालिन कार्यक्रममा सहभागी हुन गएका पत्रकार आचार्यमाथि सप्तगण्डकी अनेरास्ववियुका नेता हरी आचार्यले आक्रमण गरेका हुन।

तैले सधैं किन नेकपाका अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको मात्र समाचार हाइलाइट गर्छस भन्दै हरी आचार्यले एक्कासी आफुमाथि आक्रमण गरेको पत्रकार राजेन्द्र आचार्यले वताए।

हरीले आक्रमण गर्दा पत्रकार आचार्यको गालामा चोट लागेको पत्रकार सुरेन कुँवरले वताएको हाम्राकुराडटकममा समाचार छ। घटना लगत्तै चितवन प्रहरी घटनास्थलमा पुगेको थियो भने आक्रमणकारी आचार्य भागेका थिए।

राजेन्द्रमाथि आक्रमण हुँदा सप्तगण्डकी क्याम्पस प्रमुख मणीराज महतो र अन्य बिद्यार्थी संगठनका नेताहरुको पनि त्यहाँ उपस्थिती रहेको थियो।

नेकपामा पूर्व एमाले निकट रहेका हरीले पूर्व माओवादी एवं प्रचण्ड निकट पत्रकार मानिने राजेन्द्रमाथि आक्रमण गरेपछि चितवनमा ओली र प्रचण्ड पक्षको लडाईं कार्यकर्ता हुँदै पत्रकारसम्म आइपुगेको सहभागी एक पत्रकारले वताए।

कार्यक्रममा नेकपा निकट अन्य पत्रकारहरुको पनि सहभागिता रहेको थियो। प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्ने आश्वासन दिएको छ तर पक्राउ गर्छ कि गर्दैन त्यो भने हेर्न बाकी नै छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...