News Portal

मकाउमा मगर संघ गठन, अध्यक्षमा शम्सेर थापा

हिमाली संचार संवाददाता
१०४५ पटक

शुक्रवार माघ,०३ मकाउ : मकाउ इन्डियन गार्डन रेष्टुरेण्ट मकाउमा  माघ २ गत्ते माघे सक्राति मनाउन भेला भएका मकाउमा कार्यरत मगरसमुदायले शम्सेर थापाको अध्यक्षतामा १७ सदस्यीय “मगर संघ मकाउ” गठन गरेका छन्।

प्रमुख अतिथि मगर संघ हङकङका अध्यक्ष युगमाया रानामगर, विशेष अतिथि नेपाली महासंघ हङकङका अध्यक्ष टंक रानामगर  र अतिथि मगरसंध हङकङका सल्लाहकार बसन्त श्रीनेत, गैर-आवासीय नेपाली संघ मकाउका अध्यक्ष पुर्णबहादुर गुरुङ, जनसम्पर्क समिति मकाउका अध्यक्ष लेखबहादुर गुरुङ, सुदूरपश्चिम नेपाली समाज मकाउका अध्यक्ष पदम सिहंपत, गैर-आवासीय नेपाली संघ मकाउका कोषाध्यक्ष प्रेमकुमार विकको लगायत अतिथिहरुको उपस्थिति रहेका थियो। 

मकाउभरीका करिब ७५ जनाको संख्यामा भेलाभएका मगर समुदायले नवगठित मगरसंघ मकाउका लागि उपाध्यक्ष हिरा थापा, कोषाध्यक्ष रितु थापा, महासचिव सूर्यकुमार थापा, सचिव शालिक बगार्ल मगर साथै नेपाल चेम्बर अफ कमर्श मकाउका अध्यक्ष गठित संस्थाका संरक्षक सुदर्शन थापा चयन गरेका छन्।

माधेसंक्राति माधको पहिलो दिन मनाउने प्रचलन रहेता पनि मकाउमा भने एक दिन पछि माध २ गत्ते सामुहिक रुपमा मनाउदै मगरहरु संगठीत भएका हुन। माधेसंक्रातिमा विशेष गरेर जंगलबाट वन तरुल खनेर ल्याउने, सबेरै उठेर नजिकको खोला, पधेरोमा गएर स्नान गरी अग्रजको हातबाट काँचो तरुलको भित्री सेतो भाग हातको नङले कोट्याएर निधारमा सेतो टीका लगाएर विशेषत वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी, पिडालु, बदाम, करेलाको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर खाने प्रचलन रहेको छ।

आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शम्सेर थापाले पानसमा बत्तिबाल्ने वित्तिकै एकअर्कालाई घिउ, चाकु खुवाउदै वनतरुल अन्यतरुल खाएर माघे शक्रान्तिको शुभकामना आदान प्रदान गरिएको थियो।

समृद्धिको राष्ट्रको कुरा पनी उत्करकर्षमा उठिरहेको छ बिकास निर्माण बिरोधिको कुरा हैन! कुरा हो व्यवस्थित बिकास निर्माण र बिकासको यहा निर्माणको क्रममा कुनैपनि खालको धार्मिक, सास्कृतिक र ऐतिहासिक सम्पदाहरु भत्किनु हुदैन सबै तहतप्काका जनप्रतिनिधिले बुझ्नुपर्ने कुरा यही हो।

हाम्रो संस्कृति संस्कार जहिले सम्म रहन्छ, संस्कार रहे सभ्यता रहन्छ, सभ्य समाजले मात्र एक समृद्ध राष्ट्रको निर्माण गर्न सक्छ। त्यसैले हामी हाम्रो महत्वपुर्ण संस्कार, संस्कृति, भेषभूषा साथै महत्वपुर्ण भाषाको अभिलेखीकरण र संक्षण गर्नु पर्दछ। 

पछिल्लो समयमा विश्वभर छरिएर रहेका नेपाली समुदायले आ-आफ्नो पहिचानको लागि एक जुट हुदै सम्पूर्णतामा एकताका लागि संगठित हुदै आएका छन्। आयोजित कार्यक्रम निर्मला थापामगरले सञ्चालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...