News Portal

यूएईमा बस दुर्घट्ना, ६ नेपाली घाइते

हिमाली संचार संवाददाता
५१६ पटक

यूएई १६, २०२० जनवरी : आबुधाबीमा श्रमिक बोकेको बस दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको छ। यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किदा नेपाली श्रमिकको पनि ज्यान गएको तर थप विवरण आउन बाँकी रहेको नेपाली दूतावास यूएईले जनाएको छ।

दुर्घटनामा ६ नेपाली घाइते भएका छन्। बसमा रहेका २४ श्रमिक मध्ये १६ जना नेपाली श्रमिक रहेको तर कति जनाको ज्यान गएको छ कति घाइते छन् भनेर हामी तथ्याँक संकलन गरिरहेका छौं,’ नेपाली दूतावास आबुधाबीकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रिता धितालले भन्नुभयो।

घाइतेको आबुधाबीस्थित एनएमसी, माफ्रक लगायतका अस्पतालमा उपचार भइरहेको छ। नेपाली श्रमिक पनि भएको जानकारी पाए लगत्तै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका स्थानीय कर्मचारी आबुधाबीका विभिन्न अस्पतालमा पुगेका छन्। बसमा नेपालीसहित अफ्रिका, श्रीलङ्का लगायतका श्रमिक थिए।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...