News Portal

अस्ट्रेलियामा हेलिकप्टरबाट गोली हानेर ५ हजार ऊँट मारियो

हिमाली संचार संवाददाता
५९८ पटक

एजेन्सी : दक्षिण अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ। खडेरी र पानीको समस्यासँग जुधिरहेको उक्त क्षेत्रमा ऊँटले धेरै पानी खाइदिएपछि हेलिकप्टरबाट गोली हानेर मारिएको छ।

५ दिन लगाएर सुटरुले हेलिकप्टरबाट गोली हानेर ऊँट मारेका हुन्। खडेरी प्रभावित दक्षिणी अस्ट्रेलिया क्षेत्रका रैथानेहरुलाई ऊँटले पानी खाइदिएर असर गरेपछि गोली हानेर मारिएको अधिकारीहरुले जानकारी दिएका छन्।

दक्षिण अस्ट्रेलियाका अबोरिजिनल अगुवाहरुले झुन्डमा आएका ऊँटले ग्रामिण इलाकामा धेरै पानी र खानेकुरा खाइदिने, भौतिक संरचना भत्काइदिने जस्ता गतिविधि गरेको बताए।

ऊँटका झुन्डलाई छुट्टाइएको एपीआई क्षेत्रमा मात्र २ हजार ३ सय परिवार रैथाने समुदायको बसोबास रहेको त्यहाँका जेनेरल म्यानेजर रिचार्ड किङले बताए।

झुन्डछुट्याउने काम आइतबार सकिएको थियो। मंगलबार एक विज्ञप्ति निकाल्दै रिचार्डले भनेका छन्, पशु अधिकारकर्मीहरुको चिन्तालाई हामीले गम्भीर रुपमा लिएका छौँ तर यहाँका रैथाने जीवहरुको यथार्थबारे धेरै गलत सूचनाहरु आएका छन्।

हामीले आगन्तुक प्रजातिमा समाधान खोज्नुपर्छ। रिचार्डले ऊँटहरु पानी भएका स्थानहरुमा मर्दा मुहानहरु प्रदूषित भएको बताए।

पानीका मुहान प्रदूषित हुँदा त्यहाँ आश्रित स्थानीय र रैथाने जीवहरुलाई असर गरेको उनले एएफपीलाई बताएका छन्। लामोसमयसम्म खडेरी हुँदा रैथाने जीवहरुलाई मात्रै नभएर ऊँटहरुसमेत प्रभावित हुँदा जथाभावी मरेका र रोगी ऊँटहरु फेला पर्ने गरेका थिए।

ऊँटले त्यहाँका रैथाने वनस्पति तथा बिरुवाहरुलाई खाइदिने गर्दा विभिन्न समस्याहरु निम्त्याउने गरेको एपीआईले जनाएको छ।

त्यहाँका मानिसहरुले यसअघि आउने ऊँटलाई बेच्ने तथा व्यवस्थापन गरेपनि पछिल्लो समय संख्या धेरै हुँदा वातवरणमा असर परेको त्यहाँको वातावरण विभागले जनाएको छ।

सेप्टेम्बरदेखि अस्ट्रेलियामा फैलिएको डढेलोका कारण खानार पानीको अभाव भएपछि ऊँटहरु त्यसैको खोजीमा मानवबस्तीहरुमाछिर्न थालेका छन्।

कतिपय खान नपाएर भोकै रहने र जुनसुकै ठाउँमा ऊँटहरु मरेका छन्। पानीमा मुहानहरुमा पानी खाने त्यहीँ मर्न थालेपछि मारिएको हो। ऊँट अस्ट्रेलियाको रैथाने प्रजाति हैन। यो त्यहाँका लागि बाह्य प्रजाति हो।

सन् १८४० मा अस्ट्रेलियामा पहिलोपटक भारतबाट ऊँट ल्याइएको थियो। अस्ट्रेलियामा पहिलोपटक २० हजार ऊँट अन्यत्रबाट ल्याइएको थियो। अहिले विश्वमा सबैभन्दा बढी ऊँट अस्ट्रेलियामा पाइन्छन्।

अस्ट्रेलियाका विभिन्न मरुभूमिहरुमा करिब १० लाखको हाराहारीमा ऊँट रहेको अनुमान गरिन्छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...