News Portal

  • प्रधानमन्त्रीलाई प्रदेशसभा डुलेर उपदेश दिन मात्रै होइन काम पनि गर्न सासद गगन थापाको सुझाव 

    हिमाली संचार संवाददाता
    ५८७ पटक

    काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् सासद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् ।

    मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न छाड्न आग्रह गरे ।

    ‘म प्रधानमन्त्रीलाई आग्रह गर्छु, प्रदेशसभा प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस् । अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस् । गर्नुपर्ने काम गर्नुस्’ थापाले भने ‘यति मात्र बुझिदिए पुग्छ । संघीयता असफल, प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलता प्रधानमन्त्रीको पनि असफलता हुन्छ ।’

    प्रधानमन्त्रीको व्यवहारले उनी संघीयता विरोधी देखिएको आरोपसमेत थापाले लगाए । झापाका कम्युनिस्ट नेता खड्गप्रसाद ओलीलाई संघीयताको विरोध गर्ने छुट भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो छुट नभएको भन्दै अहिले प्रधानमन्त्रीकै कारण संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएको थापाले जिकिर गरे ।

    संविधानले परिकल्पना गरेको प्राकृतिक स्रोत र वित्त आयोग अहिलेसम्म नबन्नु यसको उदाहरण भएको थापाले बनाए । आयोगलाई राजनीतिक नेतृत्व नदिई कर विवाद समाधान गर्न कर्मचारीहरुको समिति बनाउनु दुखद भएको उनले बताए । उनले भने, ‘के प्रधानमन्त्रीलाई यो आयोगको महत्व थाहा छ ?’

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ बने पनि नियमावली नभएको भन्दै उनले नियमावली नहुँदा करमा समस्या देखिएको बताए । ऐन नियमावली बनाउने जिम्मा दिएका मन्त्री कर्मचारीलाई र सचिव सांसदलाई उपदेश दिएर बसेको भन्दै थापाले भने, ‘प्रधानमन्त्रीले एक पटक बोलाएर नियमावली खोई भनेर सोध्नुभएको छ ?

    धेरै कर उठाउने र बाँड्नेलाई सफल अर्थमन्त्री मान्ने मानक केन्द्र सरकारले बनाएको भन्दै उनले अब स्थानीय सरकारले के गर्छ भनेर प्रश्न गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हङकङमा आज ८० जनामा कोरोना संक्रमण पुष्टि, ५० जना भन्दा धेरै प्रारम्भिक केस थपिएको छ

    युवा राई/हङकङ –  हङकङमा आज मंगलवार थप ८० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण...

    धरानको वीपीमा स्वास्थ्य मन्त्रीका भतिज र ज्वाइँ सल्लाहकारमा नियुक्त

    धरान – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका भतिज र ज्वाइँले धरानको वीपी कोइराला स्वास्थ्य...

    रेडक्रसद्धारा प्रदेश-१ सरकारलाई १८ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर– प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण...

    लोकगायक सुरेश गन्धर्व अस्पताल भर्ना, सहयोगका लागि अनुरोध

    धरान– लोक गायक सुरेश गन्धर्व अस्पताल भर्ना भएका छन् ।’रिंकीबुङको राँगो’ लाई बोलको चर्चित गीतका...

    मोरङको मिक्लाजुङमा हतियार सहित एक जना पक्राउ

    मोरङ– मोरङको मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ वर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।