News Portal

  • पाल्पामै पहिलोपटक कोल्ड स्टोर संचालनमा

    हिमाली संचार संवाददाता
    ५८८ पटक

    श्रीराम स्वरुप
    पाल्पा २८, २०७६ पौष : सिद्दार्थ राजमार्गको अँगाहाखोला सडक खण्डबाट करिब साढे ३ किलोमिटर दुरिमा रहेको रम्भा गाउँपालिका-३ पिपलटारिमा एउटा सानो खोला र प्रतिक्षालयको आडमा पाल्पा जिल्लामै पहिलोपटक कोल्ड स्ट्रोर भवन निर्माण कार्य सम्पन्न भएको छ।

    प्रदेश सरकार प्रदेश नं. ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय रम्भा गाउँपालिका र श्री अंगाहाखोला शाहारा कृषि सहकारी कृषि संस्था लि. को लागत सहभागितामा उक्त परियोजना सम्पन्न हुन लागेको श्री अंगाहाखोला शहारा कृषि सहकारी कृषि संस्था लिमिटेडका अध्यक्ष कर्ण बहादुर नेपालीले बताउनु भयो।

    उक्त आयोजना गत जेठ १४ मा सम्झौता भएर असार २२ मा सम्पन्न भएको हो। दुईवटा ए.सि, रुम, एउटा स्टोर रुम, एउटा अफिस, दुईवटा ट्वाइलेट, एउटा इलेक्ट्रिक रुम तथा टिनको छानो लगाएर उक्त भवन निर्माण गरिएको छ।

    शीत भण्डार निर्माण २५ मेट्रिक टन क्षमता नाम राखिएको उक्त आयोजना प्रदेश  मन्त्रालयको लागत ९१ लाख ६६ हजार ७ सय ४२ रुपैयाँ ०४ पैसा, स्थानीय तह रम्भा गाउँपालिकाको लागत २५ लाख र श्री अंगाहाखोला शहारा कृषि तथा सहकारी संस्था लि.को लागत ५ लाख ५५ हजार ५ सय ८० रुपैयाँ ६८ पैसा गरि उक्त आयोजनाको कुल लागत १ करोड २२ लाख २२ हजार ३ सय २२ रुपैयाँ ७२ पैसा रहेको जनाइएको छ।

    स्थानीय स्तरमा उत्पादन भएका आलु, सुन्तला, तरकारी, फलफूल चिसो बनाई जोगाएर राख्न सकिने तथा किसानहरुलाई सहुलियत प्रदान गर्न एउटा १५ मेट्रिक टन र अर्को १० मेट्रिक टन भण्डारण गर्न सक्ने दुईवटा एसि जडान गरिएको अध्यक्ष नेपालीले बताउनुभयो।

    पहिले कृषकको लागि बजार नभएको, थोरै उत्पादन गरेर बुटवल पठाउन गार्‍हो भएकाले थोरै थोरै जम्मा गरेर स्टोर गरेर लैजान सकिने उद्देश्य उक्त आयोजनाले राखेको छ। उक्त परियोजनाबाट कुल १८० जना प्रत्यक्ष रुपमा लाभान्वित हुने आयोजनामा जनाईएको छ।

    जम्मा जनसंख्या ११ हजार जना भएको उल्लेख गरिएको छ। गाउँपालिकाबाट नजिक पर्ने भएकाले उक्त स्थानमा आयोजना राखिएको स्थानीय बताउँछन।

    गाउँपालिकाको समन्वयमा सहकारीले व्यवस्थापन गर्ने पुर्वानुमान गरिएता पनि उक्त आयोजना हाल पनि निर्माणकै चरणमै रहेकोले सन्चालन कार्यबिधि भने पारित हुन बाँकी नै छ। उक्त आयोजना संचालनमा आएपछि केही टेक्नीसियन, गार्ड लगायत कर्मचारी पनि आवश्यक गर्ने अध्यक्ष नेपालीले जानकारी गराउनु भयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...

    राप्रपाको २३ मंसिरको प्रदर्शनमा सबैलाई सहभागी हुन प्रवक्ता शाहीको आग्रह

    काठमाडौं, मंसिर १९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरमा आयोजना हुने प्रदर्शनलाई...