News Portal

पाल्पामै पहिलोपटक कोल्ड स्टोर संचालनमा

हिमाली संचार संवाददाता
६६९ पटक

श्रीराम स्वरुप
पाल्पा २८, २०७६ पौष : सिद्दार्थ राजमार्गको अँगाहाखोला सडक खण्डबाट करिब साढे ३ किलोमिटर दुरिमा रहेको रम्भा गाउँपालिका-३ पिपलटारिमा एउटा सानो खोला र प्रतिक्षालयको आडमा पाल्पा जिल्लामै पहिलोपटक कोल्ड स्ट्रोर भवन निर्माण कार्य सम्पन्न भएको छ।

प्रदेश सरकार प्रदेश नं. ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय रम्भा गाउँपालिका र श्री अंगाहाखोला शाहारा कृषि सहकारी कृषि संस्था लि. को लागत सहभागितामा उक्त परियोजना सम्पन्न हुन लागेको श्री अंगाहाखोला शहारा कृषि सहकारी कृषि संस्था लिमिटेडका अध्यक्ष कर्ण बहादुर नेपालीले बताउनु भयो।

उक्त आयोजना गत जेठ १४ मा सम्झौता भएर असार २२ मा सम्पन्न भएको हो। दुईवटा ए.सि, रुम, एउटा स्टोर रुम, एउटा अफिस, दुईवटा ट्वाइलेट, एउटा इलेक्ट्रिक रुम तथा टिनको छानो लगाएर उक्त भवन निर्माण गरिएको छ।

शीत भण्डार निर्माण २५ मेट्रिक टन क्षमता नाम राखिएको उक्त आयोजना प्रदेश  मन्त्रालयको लागत ९१ लाख ६६ हजार ७ सय ४२ रुपैयाँ ०४ पैसा, स्थानीय तह रम्भा गाउँपालिकाको लागत २५ लाख र श्री अंगाहाखोला शहारा कृषि तथा सहकारी संस्था लि.को लागत ५ लाख ५५ हजार ५ सय ८० रुपैयाँ ६८ पैसा गरि उक्त आयोजनाको कुल लागत १ करोड २२ लाख २२ हजार ३ सय २२ रुपैयाँ ७२ पैसा रहेको जनाइएको छ।

स्थानीय स्तरमा उत्पादन भएका आलु, सुन्तला, तरकारी, फलफूल चिसो बनाई जोगाएर राख्न सकिने तथा किसानहरुलाई सहुलियत प्रदान गर्न एउटा १५ मेट्रिक टन र अर्को १० मेट्रिक टन भण्डारण गर्न सक्ने दुईवटा एसि जडान गरिएको अध्यक्ष नेपालीले बताउनुभयो।

पहिले कृषकको लागि बजार नभएको, थोरै उत्पादन गरेर बुटवल पठाउन गार्‍हो भएकाले थोरै थोरै जम्मा गरेर स्टोर गरेर लैजान सकिने उद्देश्य उक्त आयोजनाले राखेको छ। उक्त परियोजनाबाट कुल १८० जना प्रत्यक्ष रुपमा लाभान्वित हुने आयोजनामा जनाईएको छ।

जम्मा जनसंख्या ११ हजार जना भएको उल्लेख गरिएको छ। गाउँपालिकाबाट नजिक पर्ने भएकाले उक्त स्थानमा आयोजना राखिएको स्थानीय बताउँछन।

गाउँपालिकाको समन्वयमा सहकारीले व्यवस्थापन गर्ने पुर्वानुमान गरिएता पनि उक्त आयोजना हाल पनि निर्माणकै चरणमै रहेकोले सन्चालन कार्यबिधि भने पारित हुन बाँकी नै छ। उक्त आयोजना संचालनमा आएपछि केही टेक्नीसियन, गार्ड लगायत कर्मचारी पनि आवश्यक गर्ने अध्यक्ष नेपालीले जानकारी गराउनु भयो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...