News Portal

बेइज्जत हुनुभन्दा निर्वाचन हार्नु नै ठीक !

हिमाली संचार संवाददाता
६२५ पटक

नेपालगन्ज : आइतबार दिनभर नेपालगन्ज उद्योग वाणिज्य संघमा तनावको स्थिति सृजना भएको छ। कारण हो, मतपत्र चोरी।

माग ११ गते हुने निर्वाचनका लागि प्रतिस्प्रधामा उठेको समावेशी प्यानलका व्यक्तिहरुले मतपत्र नै कब्जा गरेपछि दिनभर नेपालगन्ज उद्योग वाणिज्य संघमा तनाव सृजना भएको हो।

निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ।

निर्वाचन आचारसंहिता विपरित सयौं मतदाताका परिचयपत्र चुन्ना समूहले कब्जा गरेको छ। चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवी ओली र चुन्नाका कामदार अमृत चौधरीले परिचयपत्र गायव बनाएको पुष्टि भएको छ।

परिचयपत्र वितरणमा खटिएका नेपालगन्ज उद्योग वाणिज्य संघका कर्मचारीको मिलेमत्तोमा चुन्ना समूहले आचारसंहिता विपरीत परिचयपत्र कब्जा गरेको हो। चुन्ना समुहबाट निर्वाचन आचारसंहिता विपरीत कार्य भएको संघका अध्यक्ष नन्दलाल बैश्यले पुष्टि गर्नुभयो।

निर्वाचन आचारसंहिता विपरित भएको गतिविधि सह्य नहुने चेतावनी दिंदै उहाँले पुरानो परिचयपत्र रद्द गरेर नयाँ छाप्ने तयारी भइरहेको जानकारी दिनुभयो। निर्वाचन आचारसंहितामा परिचय पत्र लिन मतदाता स्वयम उपस्थित हुनुपर्ने उल्लेख छ।

मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोरा बुहारी, बाबु आमाको मन्जुरी नामा पेश गरि परिचयपत्र लिन सकिने स्पष्ट उल्लेख छ तर चुन्ना समूहका ओली र चौधरीले दुई सय बढी मतदाताको परिचयपत्र आफै हस्ताक्षर गरेर लगेका छन्।

नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुनिल कुमार शर्माले निर्वाचन आचारसंहिता विपरितका हर्कत पराजित मानसिक्ता हो भन्नुभयो। उहाँले पुरानो परिचयपत्र रद्द गरेर नयाँ परिचयपत्र छपाई गरी तत्काल वितरण गरेर चुनावलाई शान्तिपूर्ण, भयरहित बनाउन अध्यक्ष बैश्यलाई सुझाव दिनुभएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...