News Portal

बेइज्जत हुनुभन्दा निर्वाचन हार्नु नै ठीक !

हिमाली संचार संवाददाता
५७० पटक

नेपालगन्ज : आइतबार दिनभर नेपालगन्ज उद्योग वाणिज्य संघमा तनावको स्थिति सृजना भएको छ। कारण हो, मतपत्र चोरी।

माग ११ गते हुने निर्वाचनका लागि प्रतिस्प्रधामा उठेको समावेशी प्यानलका व्यक्तिहरुले मतपत्र नै कब्जा गरेपछि दिनभर नेपालगन्ज उद्योग वाणिज्य संघमा तनाव सृजना भएको हो।

निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ।

निर्वाचन आचारसंहिता विपरित सयौं मतदाताका परिचयपत्र चुन्ना समूहले कब्जा गरेको छ। चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवी ओली र चुन्नाका कामदार अमृत चौधरीले परिचयपत्र गायव बनाएको पुष्टि भएको छ।

परिचयपत्र वितरणमा खटिएका नेपालगन्ज उद्योग वाणिज्य संघका कर्मचारीको मिलेमत्तोमा चुन्ना समूहले आचारसंहिता विपरीत परिचयपत्र कब्जा गरेको हो। चुन्ना समुहबाट निर्वाचन आचारसंहिता विपरीत कार्य भएको संघका अध्यक्ष नन्दलाल बैश्यले पुष्टि गर्नुभयो।

निर्वाचन आचारसंहिता विपरित भएको गतिविधि सह्य नहुने चेतावनी दिंदै उहाँले पुरानो परिचयपत्र रद्द गरेर नयाँ छाप्ने तयारी भइरहेको जानकारी दिनुभयो। निर्वाचन आचारसंहितामा परिचय पत्र लिन मतदाता स्वयम उपस्थित हुनुपर्ने उल्लेख छ।

मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोरा बुहारी, बाबु आमाको मन्जुरी नामा पेश गरि परिचयपत्र लिन सकिने स्पष्ट उल्लेख छ तर चुन्ना समूहका ओली र चौधरीले दुई सय बढी मतदाताको परिचयपत्र आफै हस्ताक्षर गरेर लगेका छन्।

नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुनिल कुमार शर्माले निर्वाचन आचारसंहिता विपरितका हर्कत पराजित मानसिक्ता हो भन्नुभयो। उहाँले पुरानो परिचयपत्र रद्द गरेर नयाँ परिचयपत्र छपाई गरी तत्काल वितरण गरेर चुनावलाई शान्तिपूर्ण, भयरहित बनाउन अध्यक्ष बैश्यलाई सुझाव दिनुभएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...