News Portal

राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे शालिकमा पुष्पहार अर्पण

हिमाली संचार संवाददाता
५४ पटक

नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ ।

सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उनको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरे ।

उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उहाँप्रति पुष्पगुच्छा अर्पण गरे ।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रूपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

राष्ट्र निर्माताको २९८औँ जन्मजयन्तीका अवसरमा आज मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ ।

हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
https://www.HimaliSanchar.com

हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

प्रतिकृया दिनुहोस्

मकाउमा मगर संघ गठन, अध्यक्षमा शम्सेर थापा

शुक्रवार माघ,०३ मकाउ : मकाउ इन्डियन गार्डन रेष्टुरेण्ट मकाउमा  माघ २ गत्ते माघे सक्राति मनाउन...

विवाहपछि युवतीहरू किन मोटाउछन, कारण यस्तो छ !

काठमाडौं : युवतीहरू विवाहपछि मोटाउँछन। विवाहपछि थुप्रै महिला र पुरुषको तौल तीब्र रुपमा बढ्ने गर्दछ।...

शेयर गरौं आज २०७६ साल माघ ३ गते शुक्रबारको राशीफल

– सन् २०२० जनवरी १७ तारीख नेपाल संवत ११४० मेष – चु, चे, चो, ला,...

चर्चित गायक वसन्त थापाले ल्याए ‘मुखियाको नाति’ [भिडियो सहित]

काठमाडौ ०२, २०७६ माघ : सानो मालिकलाई नचिन्ने सायद कोही पनि थिएनन्। मुखियाका नातिलाई गाउँ...

यूएईमा बस दुर्घट्ना, ६ नेपाली घाइते

यूएई १६, २०२० जनवरी : आबुधाबीमा श्रमिक बोकेको बस दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको छ। यूएईको...

हामीसंग इनस्ट्राग्राममा पनि जोडिनुहोस।