News Portal

ओमानको नयाँ सुल्तानमा हैयथम 

हिमाली संचार संवाददाता
५६१ पटक

ओमानको नयाँ सुल्तानमा पूर्वसंस्कृति मन्त्री हैयथम बिन तारिक अल सइद नियुक्त भएका छन् । ओमानी सञ्चारमाध्यमका अनुसार उनले ओमानको सुल्तानका रुपमा शपथ पनि लिइसकेका छन् ।

शुक्रबार साँझ ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएपछि शनिबार हैयथमलाई नयाँ सुल्तान नियुक्त गरिएको हो । काबुसको इच्छाबमोजिम हैयथमलाई ओमानको सुल्तानमा नियुक्त गरिएको हो ।

स्वर्गीय सुल्तान काबुस अविवाहित थिए । त्यसैले ओमानी सिधै ओमानी सत्ता सम्हाल्ने उत्तराधिकारी कोही थिएन । उनका तीन भाइलाई नै नयाँ ओमानी सुल्तानको उत्तराधिकारीको दाबेदार मानिएको थियो । बन्द खाममा रहेको सुल्तान काबुसको

इच्छापत्र(विल) बमोजिम हैयथमलाई ओमानको सुल्तान नियुक्त गरिएको गल्फन्युजले जनाएको छ ।

शनिबार सुल्तान काबुस बिन सइदको अन्तिम संस्कारअघि हैयथमले अल बुस्तन दरबारमा राज्यारोहण गर्नेछन् । शनिबार बिहान बसेको ओमानको शाही परिवार परिषदको बैठकले हैयथमलाई नयाँ सुल्तानमा नियुक्त गरेको हो ।

हैयथमले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । उनी ओमान फुटबल संघका पहिलो प्रमुखसमेत हुन् । उनी ओमानी नागरिकका बीच खेलप्रेमी व्यक्तिका रुपमा परिचित रहेका छन् ।

सुल्तान काबुसको निधनमा ओमानमा तीन दिन राष्ट्रिय शोक मनाइने भएको छ । त्यस्तै ओमानभर तीन दिन बिदाको घोषणा गरिएको छ ।

सन् १९७० मा बेलायतको समर्थनमा आफ्नै पितालाई हटाएर ओमानको सत्ता सम्हालेका सुल्तान काबुस आधुनिक ओमानका निर्माताका रुपमा परिचित थिए । उनी उदारवादीका छविका सुल्तान मानिन्थे । उनले ओमानमा सामाजिक सुधारका थुप्रै काम गरेका छन् । त्यही छवि र उनले समातेको विकासको पथलाई नयाँ सुल्तानले पछ्याउँछन् पछ्याउँदैनन् त्यो भने आउने दिनले नै बताउला ।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...