News Portal

फोरम सांसदको धम्की : सीमामा छेकबार लगाए फेरि नाकाबन्दी गर्छौ

हिमाली संचार संवाददाता
७१५ पटक

वीरगञ्ज – संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले नेपाल-भारत प्रवुद्ध समूहको प्रतिवेदनमा सीमामा तारबार गर्ने प्रस्ताव आएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् ।

नेपाल भारतबीच सदियौंदेखि रहदै आएको रोटी बेटीको सम्बन्धलाई असर पार्ने गरी प्रतिवेदन आउन लागेको भन्दै उनले आपत्ती जनाएका हुन् ।

नेपाल भारत मैत्री चिकित्सा शिविर कार्यक्रम अन्र्तगत वीरगञ्जमा सोमबार आयोजित निःशुल्क मधुमेह स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै सांसद यादवले सदियौंदेखिको रोटी बेटीको सम्बन्ध विगार्ने षडयन्त्र भइरहेको बताए ।

‘भेषबहादुर थापाको नेतृत्वमा रहेको समूहले नेपाल भारतको सीमा क्षेत्रमा तारबार लगाउने र पासपोर्ट बनाएर आवतजावत गर्न दिनुपर्ने भन्ने प्रस्ताव गरेको कुरा आएको छ’ उनले भने ‘नेपाल भारतबीच सीतारामको समयदेखि रोटीबेटीको सम्बन्ध रहँदै आएको छ । अयोध्याबाट आज पनि जन्ती आउँछ । यसलाई बन्द गर्न खोजिएको छ । नेपाल भारतको सम्बन्ध बिगि्रयोस भन्ने चाहिएको छ, यो षडयन्त्रको पर्दाफास गर्नुपर्छ ।’

सीमाको रक्षा मधेसी जनताले नै गरिरहेको बताउँदै मधेसी जनतालाई नै आघात पार्ने काम गर्न नहुने उनको भनाइ छ । ‘अहिले पनि कतिपयको ससुराली, मामाघर उता छ, यताका छोरी चेली उता विवाह गरेर गएका छन् । यहाँ तारबार र पासपोर्ट लगाउँदा यो सबै बन्द हुन्छ’ सांसद यादवले भने ‘यो सम्बन्धलाई बन्द गर्न खोजिएको छ । यो कदापी हुन दिदैनौं ।’

उनले संसदमा आवाज उठाउने मात्रै नभएर आवश्यक परेको खण्डमा नाकाबन्दी समेत गर्न सक्ने चेतावनी दिए ।

कार्यक्रममा प्रदेश सभासद राजेश्वरप्रसाद साह तेली, वीरगञ्ज नागर प्रमुख विजयकुमार सरावगी लगायतले पछिल्लो समयमा मधुमेह महामारी जस्तै फैलिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गान्धी ग्लोबल फेमिली नेपाल, नेपाल भारत मानव विकास एवं मैत्री संघ, नेपाल भारत मैत्री जनजागरण अभियानले वीरगञ्जको आशाराम हस्पिटलसँगको सहकार्यमा एकदिने शिविरको आयोजना गरेको हो ।

शिविरमा मधुमेह भएको नभएको पत्ता लगाउन रगत परीक्षण गर्नुको साथै मधुमेहको संक्रमण भेटिएका विरामीहरुलाई ६ महिना सम्मको औषधी निशुल्क वितरण गर्ने अस्पतालका निर्देशक निभा दासले जानकारी दिइन् ।

भारत सरकारको सहयोगमा यसअघि देशका ११ जिल्लामा शिविर सञ्चालन गरेर ३० हजार जनाको स्वास्थ्य परीक्षण गर्नुको साथै १० हजार भन्दा बढी विरामीलाई ६ महिनाको औषधी निःशुल्क वितरण गरिसकिएको अयोजक संस्थाका अध्यक्ष सूर्य भुसालले जानकारी दिए । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...