News Portal

कुवेतबाट मानबहादुर बलायरको पहलमा निर्माणाधीन गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
१२०८ पटक

कुवेत ०९, २०२० जनवरी : ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि मानबहादुर बलायरको पहलमा आफु काम गर्ने कम्पनी तारिक अल्घानिममा कार्यरत नेपालीहरुबाट संकलित रकम जम्मा २ सय कुवेती दिनार (नेपाली ७५ हजार ३ सय ७४ रुपैयाँ) धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरिएको छ।

डोटीको शिखर नगरपालिका घर भई हाल बैदशिक रोजगारीको शिलशिलामा कुवेतलाई कर्मथलो बनाई बचेको समयलाई समाजिक कार्यमा सदुपयोग गरिरहेका बलायर सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिब समेत हुन।

बलायरले उक्त सहयोग अभियानमा जोडिनुहुने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद एवम् आभार ब्यक्त गरेका छन। महासचिब बलायरको कुवेत आगमनपछि आफ्नो क्षेत्रको “कलासंस्कृतिको जगेर्ना” र समाजको प्रतिनिधत्व गर्दै समाजिक र मानविय कार्य पनि गर्दै आएका छन्।

बलायरले भने – “राष्ट्र निर्माण, तपाई हाम्रो अभियान” हो। यस गौरबमय अभियानमा सबैले साथ दिन सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु लगायत संघ-संस्थाहरुलाई सक्दो सहयोग गरिदिन हार्दिक अनुरोध गरेका छन्।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको छ।

मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपाकारको हुनेछ। क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुने बताईएको छ। जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्ने बिश्वास लिइएको छ।

यो रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली नागरिकको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रङ्गशाला हुनेछ।

उक्त रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिङलगायतका खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ। देशविदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक श्रोत जुटाई निर्माण हुने रङ्गशालाको लागत करिब ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...