News Portal

कुवेतबाट मानबहादुर बलायरको पहलमा निर्माणाधीन गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
११०६ पटक

कुवेत ०९, २०२० जनवरी : ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि मानबहादुर बलायरको पहलमा आफु काम गर्ने कम्पनी तारिक अल्घानिममा कार्यरत नेपालीहरुबाट संकलित रकम जम्मा २ सय कुवेती दिनार (नेपाली ७५ हजार ३ सय ७४ रुपैयाँ) धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरिएको छ।

डोटीको शिखर नगरपालिका घर भई हाल बैदशिक रोजगारीको शिलशिलामा कुवेतलाई कर्मथलो बनाई बचेको समयलाई समाजिक कार्यमा सदुपयोग गरिरहेका बलायर सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिब समेत हुन।

बलायरले उक्त सहयोग अभियानमा जोडिनुहुने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद एवम् आभार ब्यक्त गरेका छन। महासचिब बलायरको कुवेत आगमनपछि आफ्नो क्षेत्रको “कलासंस्कृतिको जगेर्ना” र समाजको प्रतिनिधत्व गर्दै समाजिक र मानविय कार्य पनि गर्दै आएका छन्।

बलायरले भने – “राष्ट्र निर्माण, तपाई हाम्रो अभियान” हो। यस गौरबमय अभियानमा सबैले साथ दिन सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु लगायत संघ-संस्थाहरुलाई सक्दो सहयोग गरिदिन हार्दिक अनुरोध गरेका छन्।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको छ।

मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपाकारको हुनेछ। क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुने बताईएको छ। जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्ने बिश्वास लिइएको छ।

यो रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली नागरिकको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रङ्गशाला हुनेछ।

उक्त रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिङलगायतका खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ। देशविदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक श्रोत जुटाई निर्माण हुने रङ्गशालाको लागत करिब ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...