News Portal

अमेरिकाले जवाफी हमला गरे दुबई र इजरायल बमबारी गर्ने इरानको धम्की

हिमाली संचार संवाददाता
५२१ पटक

इरान- गत शुक्रबार आफ्नो शीर्ष सैन्य कमाण्डरको हत्याको बदलामा अमेरिकी फौज बस्ने ती स्थानमा आक्रमण गरेको बताएको छ ।

इराकस्थित दुई अमेरिकी हवाई–आधारमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रको तनाव निकै तनावपूर्ण स्थितिमा पुगेको छ ।

मिसाइल आक्रमणपछि अमेरिकाले इरानविरुद्ध जवाफी कारबाही गर्ने अनुमान गरिएको छ ।

यस अनुमानमाझ इरानले भने आफूविरुद्ध अमेरिकाले कुनै पनि जवाफी कदम उठाएमा इजरायल र संयुक्त अरब इमिरेटको दुबईमा बमबारी गर्ने चेतावनी दिएको छ ।

इजरायल र संयुक्त अरब इमिरेट मध्यपूर्व क्षेत्रमा अमेरिकाको नजिकका मित्र शक्ति हुन् ।

इरानी सैन्य दस्ता रिभोलुसनरी गार्डले एक चेतावनीपूर्ण वक्तव्यमा आफूमाथि आक्रमण भए अमेरिका र उसका क्षेत्रीय मित्रशक्तिले पछुताउनु पर्ने धम्की दिएको छ ।

उसको चेतावनीयुक्त वक्तव्य इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको हो ।

‘अमेरिकाको आतंकवादी सेनालाई आधार दिएका अमेरिकाका मित्रशक्तिहरु कुनैको भूमिबाट पनि इरानविरुद्ध आक्रामक कदम उठाइएमा इरानले तिनमाथि आक्रमण गर्नेछ ,’ रिभोलुसनरी गार्डको वक्तव्यमा उल्लेख छ ।

रिभोलुसनरी गार्डको टेलिभिजन च्यानलले पनि संयुक्त अरब इमिरेटको दुबई र इजरायलको हइफामाथि बमबारी हुने धम्की दिएको छ ।

मिसाइल आक्रमणपछि इरानले कैयौं लडाकू विमान परिचालन गरेर आफ्नो हवाई आकास निगरानी गरिरहेको छ ।

सुलमानीको हत्या र इरानी मिसाइल हमलामा धेरै पछि अमेरिका र इरानले छद्म शक्तिको प्रयोग नगरी सिधैं एकअर्कामाथि आक्रमण गरेका छन् ।

यी तनावले दुई देशबीच खुल्ला युद्धको खतरा बढेको छ । दुई देश सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै एकअर्काका शत्रु रहदै आएका छन् ।

इरानी सरकारी टेलिभिजनका अनुसार इरानले पछिल्लो मिसाइल आक्रमणलाई ‘सहिद सुलेमानी’ नाम दिएको छ । इरानी टीभीकै अनुसार आक्रमणलाई रिभोलुसनरी गार्डभित्रको वायुसेनाले कार्यान्वयन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...