News Portal

अमेरिकाले जवाफी हमला गरे दुबई र इजरायल बमबारी गर्ने इरानको धम्की

हिमाली संचार संवाददाता
६१८ पटक

इरान- गत शुक्रबार आफ्नो शीर्ष सैन्य कमाण्डरको हत्याको बदलामा अमेरिकी फौज बस्ने ती स्थानमा आक्रमण गरेको बताएको छ ।

इराकस्थित दुई अमेरिकी हवाई–आधारमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रको तनाव निकै तनावपूर्ण स्थितिमा पुगेको छ ।

मिसाइल आक्रमणपछि अमेरिकाले इरानविरुद्ध जवाफी कारबाही गर्ने अनुमान गरिएको छ ।

यस अनुमानमाझ इरानले भने आफूविरुद्ध अमेरिकाले कुनै पनि जवाफी कदम उठाएमा इजरायल र संयुक्त अरब इमिरेटको दुबईमा बमबारी गर्ने चेतावनी दिएको छ ।

इजरायल र संयुक्त अरब इमिरेट मध्यपूर्व क्षेत्रमा अमेरिकाको नजिकका मित्र शक्ति हुन् ।

इरानी सैन्य दस्ता रिभोलुसनरी गार्डले एक चेतावनीपूर्ण वक्तव्यमा आफूमाथि आक्रमण भए अमेरिका र उसका क्षेत्रीय मित्रशक्तिले पछुताउनु पर्ने धम्की दिएको छ ।

उसको चेतावनीयुक्त वक्तव्य इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको हो ।

‘अमेरिकाको आतंकवादी सेनालाई आधार दिएका अमेरिकाका मित्रशक्तिहरु कुनैको भूमिबाट पनि इरानविरुद्ध आक्रामक कदम उठाइएमा इरानले तिनमाथि आक्रमण गर्नेछ ,’ रिभोलुसनरी गार्डको वक्तव्यमा उल्लेख छ ।

रिभोलुसनरी गार्डको टेलिभिजन च्यानलले पनि संयुक्त अरब इमिरेटको दुबई र इजरायलको हइफामाथि बमबारी हुने धम्की दिएको छ ।

मिसाइल आक्रमणपछि इरानले कैयौं लडाकू विमान परिचालन गरेर आफ्नो हवाई आकास निगरानी गरिरहेको छ ।

सुलमानीको हत्या र इरानी मिसाइल हमलामा धेरै पछि अमेरिका र इरानले छद्म शक्तिको प्रयोग नगरी सिधैं एकअर्कामाथि आक्रमण गरेका छन् ।

यी तनावले दुई देशबीच खुल्ला युद्धको खतरा बढेको छ । दुई देश सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै एकअर्काका शत्रु रहदै आएका छन् ।

इरानी सरकारी टेलिभिजनका अनुसार इरानले पछिल्लो मिसाइल आक्रमणलाई ‘सहिद सुलेमानी’ नाम दिएको छ । इरानी टीभीकै अनुसार आक्रमणलाई रिभोलुसनरी गार्डभित्रको वायुसेनाले कार्यान्वयन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...