News Portal

इन्डोनसियामा शक्तिशाली भूकम्प गयाे

हिमाली संचार संवाददाता
५४२ पटक

एजेन्सी -इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार ६.२ म्याग्नीच्युडको भूकम्प आएको छ । शक्तिशाली भूकम्प आएपनि कुनै क्षति विवण प्राप् भइनसकेको र  सुनामी चेतावनीको ना जारी नगरिएको अधिकारीहरुलेजनाएका छन् ।

अमेरिकी भूगर्भ विभागकाअनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प आएको हो । इन्डोनेसियाली मौसम तथा भूभौतिक विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको समाचारमा जनाइएको छ ।

भूकम्पपछि स्थानीय वासिन्दा त्रसित भएका छन् भने भूकम्पको झट्का महसूस गर्ने वित्तिकै स्थानीयवासी घरबाहिर दौडिएका थिए । ‘हामीले अहिले सामुद्रिक किनाराको अवलोकन गरिरहेका छौँ, सामुिद्रक पानीको चाल कस्तो छ भन्ने हेरिरहेका छौँ,’ एक स्थानीयवासीले एएफपी समाचार समितिलाई बताएका छन् । कुनै मानवीय क्षति र भौतिक संरचना क्षतिको विवरण अहिलेसम्म प्रान्त नभएको अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियामा यस्ता भूकम्प, ज्वालामुखी र आँधी बेला बेलामा आइरहने गरेको छ । यसअघि सन् २०१८ मा सुलावेसी टापूमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र सुनामीका कारण २२ सय भन्दाबढीको मृत्यु भएको थियो भने, एक हजारभन्दा बढी बेपत्ता भएका घोषणा गरिएको थियो । –एएफपी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...