News Portal

अब नेपालकाे राष्ट्रिय खेल भलिबल

हिमाली संचार संवाददाता
५९३ पटक

            फाइल तस्बिर


काठमाडौं २२, २०७६ पौष : भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत भएको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागी सांसदहरु भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै उल्लेख गर्न सहमत भएका हुन्।

राष्ट्रियसभाबाट पारित राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ मा छलफल गर्दै सांसदहरुले भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै समावेश गर्न जोड दिए।

यसअघि राष्ट्रिय सभाको विधायन व्यस्थापन समितिको प्रतिवेदनमा नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद्को सिफारिसमा कुनै एक खेललाई नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा गर्न सक्ने उल्लेख थियो।

बैठकले विधेयकको दफा ३८ को उपदफा २ को उपधारा १ बमोजिम ऐन प्रारम्भ हुनुअघि सरकारले राष्ट्रिय खेलको रूपमा तोकेको भलिबल खेललाई सो ऐनबमोजिम राष्ट्रिय खेलको रूपमा तोक्न सहमति जनाएको हो।

सोमबार सहमति भएको प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बैठकमा घोषणा गरिन्। यसअघि भलिबललाई सरकारले राष्ट्रिय खेलको रुपमा घोषणा गरे पनि खेलकूद विधेयकमा समेटिएको थिएन।

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता दिएको थियो।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...