News Portal

अब नेपालकाे राष्ट्रिय खेल भलिबल

हिमाली संचार संवाददाता
४९६ पटक

            फाइल तस्बिर


काठमाडौं २२, २०७६ पौष : भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत भएको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागी सांसदहरु भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै उल्लेख गर्न सहमत भएका हुन्।

राष्ट्रियसभाबाट पारित राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ मा छलफल गर्दै सांसदहरुले भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै समावेश गर्न जोड दिए।

यसअघि राष्ट्रिय सभाको विधायन व्यस्थापन समितिको प्रतिवेदनमा नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद्को सिफारिसमा कुनै एक खेललाई नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा गर्न सक्ने उल्लेख थियो।

बैठकले विधेयकको दफा ३८ को उपदफा २ को उपधारा १ बमोजिम ऐन प्रारम्भ हुनुअघि सरकारले राष्ट्रिय खेलको रूपमा तोकेको भलिबल खेललाई सो ऐनबमोजिम राष्ट्रिय खेलको रूपमा तोक्न सहमति जनाएको हो।

सोमबार सहमति भएको प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बैठकमा घोषणा गरिन्। यसअघि भलिबललाई सरकारले राष्ट्रिय खेलको रुपमा घोषणा गरे पनि खेलकूद विधेयकमा समेटिएको थिएन।

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता दिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...