News Portal

गायक विश्वसागर परियारले माघीमा धमाकेदार गीत ल्याउदै, नवगायिका संजिताको चर्चा

हिमाली संचार संवाददाता
५७८ पटक

काठमाडौं १९, २०७६ पौष : चर्चित गायक तथा संगितकार विश्वसागर परियारले माघे संक्रान्तिको अवसरमा ३ वटा कल्चरल गीत ल्याउने भएका छन्। पछिल्लो समयमा थारु गीत संगितमा राम्रो छवि बनाएका गायक परियारले माघे संक्रान्तिको अवसरमा कल्चरल गित ल्याउन लागेका हुन्।

सिएस फिल्मस प्रालिबाट उनले तीन वटा गीत सार्वजनिक गर्न लागेका हुन। हालै मात्र उक्त प्रालिमार्फत उनले “मान जाउँ जान जाउँ कसम दिवाना हुइनु मै” बोलको गीत सार्वजनिक गरेका छन्। थारु स्टार मोडल विवस चौधरी र चर्चित मोडल सुनित दहितको अभिनय रहेको उक्त गीत आज सार्बजनिक गरेका हुन।

गायक परियार र चर्चित गायिका सुमन चौधरीको स्वरमा रहेको उक्त गितले दर्शकको निकै माया पाउने विश्वास गरिएको छ। संगै उनले माघीको अवसरमा उज्जर गोनिया बोलको कल्चरल गितको सुटिङ चलि रहेको जानकारी दिएका छन्।

यसमा चर्चित गायक जनक चौधरी र नव गायिका संजिता चौधरीले स्वर दिएका छन्। राप्ती सोनारी गाउँपालिका ४ गौरी गाउँ निवासी नव गायिका चौधरीको पहिलो प्रस्तुती हो।

केहि दिन अघि सिएस फिल्मस प्रालिबाटै सार्वजनिक भएको अडियो गीतमा गायिका चौधरीको स्वरको निकै प्रंशसा गरिएको छ। युटुवमा दर्शक श्रोताहरुले कमेन्ट गर्दै नव गायिकाको स्वरको चर्चा गरेका छन्।

यस्तै गरि सुशिल दहितको शब्द संगितमा रहेको कल्चरल गित साली भाटु २ पनि सार्वजनिक हुँदैछ। गायक परियार र सुमन चौधरीको स्वरमा सार्वजनिक हुन लागेको गीतले माघीमा निकै तहल्का मच्चाउने दावी गरिएको छ।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...