News Portal

कति फाइदाजनक कालाे कफी ?

हिमाली संचार संवाददाता
६३८ पटक

संसारमा यस्ता धेरै मानिस छन्, जसको दैनिकी एक कप कफीबाट सुरु हुन्छ तर, यस्ता मानिसहरूलाई आफ्नो दैनिक उत्पादन क्षमतामा कफीले असर पुर्र्याएजस्तो लाग्छ। वास्तवमा धेरै अनुसन्धानले कफी स्वास्थ्यका लागि फाइदाजनक रहेको पुष्टि गरेको छ।

ठूला सहरमा मात्र होइन, साना सहरमा पनि कफी सप खुल्न थालेका छन्। जहाँ साथीभाइ, पत्रकार, साहित्यकार, कलाकारको समूह भेला हुन्छन् र गफ गर्छन्।

कफीको सामाजिक फाइदा त सबैलाई थाहा छ, तर यो स्वास्थ्यका लागि कति लाभदायी छ ? यो कुरामा कम मानिस मात्र कुरा गर्छन्।

कफी असरदार छ ! मिथ वा सत्य ?

दिनमा तीन वा चार कप कफी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। अनुसन्धान अनुसार चिनी नराखेको कालो कफी ज्यादा स्वस्थकर मानिन्छ। कफीसँग हलुका स्न्याक्स लिनु नै राम्रो मानिएको छ।

लन्डन विश्वविद्यालयको साइन्स टेक्नोलोजी विभागले कफीको असरमा एक रिपोर्ट तयार पारेको छ। पछिल्लो रिपोर्टअनुसार कफीको हरेक कपले मधुमेहको खतरालाई ७ प्रतिशतसम्म कम गर्छ।

त्यस्तै, कफीमा पाइने क्याफिनले स्वास्थ्यलाई पार्किन्सन्स रोगबाट बचाउन सहयोगी भूमिका खेल्छ। अनुसन्धान कर्ताले यो तथ्यलाई शतप्रतिशत भने मानेका छैनन्।

रिपोर्टअनुसार कफी पिउने व्यक्तिलाई मिर्गाैलाको क्यान्सर हुने सम्भावना कम हुन्छ तर, अन्य क्यान्सरबाट बचाउन कफीको कस्तो भूमिका हुन्छ त्यो भने अनुसन्धानबाट खुलेको छैन।

सबै परिस्थितिमा कफी फाइदाजनक छैन
कतिपय पछिल्ला रिपोर्टलाई आधार मान्ने हो भने नियमित रूपमा कफी सेवन नगर्ने व्यक्तिले कफी पिएको एक घण्टा हार्ट अट्याक हुने सम्भावन ज्यादा रहन्छ।

रिपोर्टमा नियमित कफी पिउने मानिस कफी नपिउने मानिसको तुलनामा लामो आयु बाँच्ने तथ्य पनि खुलाइएको छ। यो तथ्यअनुसार कफी काम गर्ने तयारी मात्र होइन, स्वाथ्यका लागि पनि फाइदाजनक छ। एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...