News Portal

कति फाइदाजनक कालाे कफी ?

हिमाली संचार संवाददाता
७२६ पटक

संसारमा यस्ता धेरै मानिस छन्, जसको दैनिकी एक कप कफीबाट सुरु हुन्छ तर, यस्ता मानिसहरूलाई आफ्नो दैनिक उत्पादन क्षमतामा कफीले असर पुर्र्याएजस्तो लाग्छ। वास्तवमा धेरै अनुसन्धानले कफी स्वास्थ्यका लागि फाइदाजनक रहेको पुष्टि गरेको छ।

ठूला सहरमा मात्र होइन, साना सहरमा पनि कफी सप खुल्न थालेका छन्। जहाँ साथीभाइ, पत्रकार, साहित्यकार, कलाकारको समूह भेला हुन्छन् र गफ गर्छन्।

कफीको सामाजिक फाइदा त सबैलाई थाहा छ, तर यो स्वास्थ्यका लागि कति लाभदायी छ ? यो कुरामा कम मानिस मात्र कुरा गर्छन्।

कफी असरदार छ ! मिथ वा सत्य ?

दिनमा तीन वा चार कप कफी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। अनुसन्धान अनुसार चिनी नराखेको कालो कफी ज्यादा स्वस्थकर मानिन्छ। कफीसँग हलुका स्न्याक्स लिनु नै राम्रो मानिएको छ।

लन्डन विश्वविद्यालयको साइन्स टेक्नोलोजी विभागले कफीको असरमा एक रिपोर्ट तयार पारेको छ। पछिल्लो रिपोर्टअनुसार कफीको हरेक कपले मधुमेहको खतरालाई ७ प्रतिशतसम्म कम गर्छ।

त्यस्तै, कफीमा पाइने क्याफिनले स्वास्थ्यलाई पार्किन्सन्स रोगबाट बचाउन सहयोगी भूमिका खेल्छ। अनुसन्धान कर्ताले यो तथ्यलाई शतप्रतिशत भने मानेका छैनन्।

रिपोर्टअनुसार कफी पिउने व्यक्तिलाई मिर्गाैलाको क्यान्सर हुने सम्भावना कम हुन्छ तर, अन्य क्यान्सरबाट बचाउन कफीको कस्तो भूमिका हुन्छ त्यो भने अनुसन्धानबाट खुलेको छैन।

सबै परिस्थितिमा कफी फाइदाजनक छैन
कतिपय पछिल्ला रिपोर्टलाई आधार मान्ने हो भने नियमित रूपमा कफी सेवन नगर्ने व्यक्तिले कफी पिएको एक घण्टा हार्ट अट्याक हुने सम्भावन ज्यादा रहन्छ।

रिपोर्टमा नियमित कफी पिउने मानिस कफी नपिउने मानिसको तुलनामा लामो आयु बाँच्ने तथ्य पनि खुलाइएको छ। यो तथ्यअनुसार कफी काम गर्ने तयारी मात्र होइन, स्वाथ्यका लागि पनि फाइदाजनक छ। एजेन्सी

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...