News Portal

टोपी दिवसको महत्व !

हिमाली संचार संवाददाता
८३५ पटक

काठमाण्डौ १६, २०७६ पौष : जागरुक युवा अभियान नेपालले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष संगै अर्थात् जनवरी १ तारिखका दिन अन्तराष्ट्रीय नेपाली टोपी दिवस “हाम्रो गौरव, हाम्रो पहिचान” भन्ने नारासहित नेपाली टोपी दिवस मनाउन सुरु गरेको हो। 

राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित अग्रेजी नयाँ बर्षको दिन टोपी दिवस मनाउने गरिएको छ। टोपी दिवसको अवसरमा जागरुक युवा अभियान नेपाल साथै अन्य संधसंस्थाहरुले पनि विभिन्न कार्यक्रम आयोजना गरेर टोपी दिवस मनाउदै आएका छन्।

राजधानी लगायतका स्थानमा बृहत कार्यक्रम हुदै आएको छ। पछिल्लो समय युवा पुस्तामा राष्ट्रिय पोशाकको महत्व जानकारी गराउँदै त्यसको प्रयोग र सम्बर्धन गर्न दिवस सुरुवात गरिएको हो। टोपी दिवसलाई विभिन्न संघसंस्थाहरुले भव्यताका साथ मनाईरहँदा यसले औपचारिक मान्यता भने पाउन सकेको छैन्।

आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई आज ७ औ प्रभातफेरी कार्यक्रम गर्दैछ। कार्यक्रममा सबै उमेर समूहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।

अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिएका हुन्।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष अभियानलाई समेत सहयोग पुग्ने गरी नेपाली टोपी दिवस मनाउने तयारी गरेको पनि उनले बताए। यस वर्षको नारा “भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार” रहेको छ।

गत वर्ष यस संस्थाले सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गरेको थियो। यो वर्ष पनि कार्यक्रमको सम्पूर्ण तयारी सकिएको जानकारी दिएका छन्। कार्यक्रमलाई सफल बनाउन आयोजकले सर्वसाधारण समक्ष हार्दिक अपील समेत गरेको छ। 

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...