News Portal

पौष महिना सुरु भएसँगै मोरङसहित पुर्वी तराईमा जनजीवन कष्टकर

हिमाली संचार संवाददाता
५०९ पटक

प्रवेश बिष्ट
मोरङ १४, २०७६ पौष : मोरङको सदरमुकाम विराटनगरसहित मध्यवर्ती तथा उत्तरपूर्वी क्षेत्रमा पौष महिना सुरु भएदेखि नै निकै जाडो बढेसँगै मोरङसहित पुर्वी तराईको जनजीवन प्रभावित भएको छ।

शितलहर, कुहिरो, चिसो हावा चल्ने र बाक्लो हुस्सुले गर्दा पुस सुरु भएदेखि नै यहाँका मानिस लगाएत पशुपंक्षी, चौपाया र हिउँदे बालीनालीमा प्रभाब परिरहेको छ। कठ्याग्रिँदो जाडोका कारण असहाय वृद्धवृद्धा, बालबालिकाहरु बिरामी हुने सख्ंया बढ्दो क्रममा छ।

त्यस्तै किसानहरुको हिउँदे बाली, दालहन र तरकारीहरु चिसोका कारण बिग्रिन थालेको कृषकहरुले बताएका छन्। चिसोकै कारण यतिबेला सदरमुकाम विराटनगर सहित मुख्य बजारहरु उर्लाबारी, बेलबारी, पथरी, विराटचोक, मधुमल्लामा पनि मानिसहरुको चहल पहलमा कमि आएको छ।

जिल्लाका विभिन्न बजारमा न्यानो कपडा बिक्रीमा वृद्धि भए पनि हाट बजारमा भने मानिसहरुको उपस्थिती न्यून रहेको छ। चिसो बढेपछि यतिबेला जिल्लाका स्वास्थ्य केन्द्रलगाएत जिल्ला अस्पतालमा बिरामीहरुको सङ्ख्यामा वृद्धि आएको छ।

अत्याधिक चिसोका कारण यहिलेसम्म यहाँका विभिन्न स्थानका मानिसहरुले अकालमै ज्यान पनि गुमाउनु परेको छ। अझैपनि मोरङका गरिब परिवारलाई जाडो धान्न हम्मेहम्मे अवस्था छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...