News Portal

पौष महिना सुरु भएसँगै मोरङसहित पुर्वी तराईमा जनजीवन कष्टकर

हिमाली संचार संवाददाता
५९८ पटक

प्रवेश बिष्ट
मोरङ १४, २०७६ पौष : मोरङको सदरमुकाम विराटनगरसहित मध्यवर्ती तथा उत्तरपूर्वी क्षेत्रमा पौष महिना सुरु भएदेखि नै निकै जाडो बढेसँगै मोरङसहित पुर्वी तराईको जनजीवन प्रभावित भएको छ।

शितलहर, कुहिरो, चिसो हावा चल्ने र बाक्लो हुस्सुले गर्दा पुस सुरु भएदेखि नै यहाँका मानिस लगाएत पशुपंक्षी, चौपाया र हिउँदे बालीनालीमा प्रभाब परिरहेको छ। कठ्याग्रिँदो जाडोका कारण असहाय वृद्धवृद्धा, बालबालिकाहरु बिरामी हुने सख्ंया बढ्दो क्रममा छ।

त्यस्तै किसानहरुको हिउँदे बाली, दालहन र तरकारीहरु चिसोका कारण बिग्रिन थालेको कृषकहरुले बताएका छन्। चिसोकै कारण यतिबेला सदरमुकाम विराटनगर सहित मुख्य बजारहरु उर्लाबारी, बेलबारी, पथरी, विराटचोक, मधुमल्लामा पनि मानिसहरुको चहल पहलमा कमि आएको छ।

जिल्लाका विभिन्न बजारमा न्यानो कपडा बिक्रीमा वृद्धि भए पनि हाट बजारमा भने मानिसहरुको उपस्थिती न्यून रहेको छ। चिसो बढेपछि यतिबेला जिल्लाका स्वास्थ्य केन्द्रलगाएत जिल्ला अस्पतालमा बिरामीहरुको सङ्ख्यामा वृद्धि आएको छ।

अत्याधिक चिसोका कारण यहिलेसम्म यहाँका विभिन्न स्थानका मानिसहरुले अकालमै ज्यान पनि गुमाउनु परेको छ। अझैपनि मोरङका गरिब परिवारलाई जाडो धान्न हम्मेहम्मे अवस्था छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...