News Portal

एनआरएनए कुेवतले २५ फेब्रुअरीमा भलिबल प्रतियोगिताको आयोजना गर्दै

हिमाली संचार संवाददाता
६७९ पटक

कुवेत २९, २०१९ डिसेम्बर : हाला फेब्रुअरीमा कुवेतको नेश्नल डे र लिबरेशन डेको अवसरमा गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता आगामी फेब्रुअरी २५ तारिक मिस्रफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा आयोजना हुने भएको छ।

दुखी पिडितहरुको उद्दार संगै र सामाजिक कार्यसंगै एनआरएनए कुवेतले खेलकुदमा सकृयता देखाएको छ। गत २७ डिसेम्बरका दिन जिलिबस्थित दि नेपा फुडल्यान्ड नेपाली रेस्टुरेन्टमा अध्यक्ष सुजन केसिको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार उक्त प्रतियोगिता हुन लागेको एनआरएनएका युवा संयोजक नवराज पराजुलीले जानकारी दिएका छन। उनले इन्डोर खेल मैदान बुकिङ भैसकेको र आवस्यक तयारिमा एनआरएनए लागिसकेको जानकारी गराएका छन।

प्रतियोगिताका प्रथम पुरस्कार १५१ केडि नगद, शिल्ड र प्रमाणपत्र, द्वितीय पुरस्कार १०१ केडि नगद शिल्ड र प्रमाणपत्र र सान्त्वना पुरस्कार ५१ केडि नगद शिल्ड र प्रमाणपत्र रहेको छ। प्रतियोगितामा बेस्ट प्लेयर अभ दि टुर्नामेन्ट एक जनालाइ १५ केडि नगद र ट्रफी, बेस्ट टिम अभ दि टुर्नामेन्ट एउटा टिमलाइ २५ केडि नगद र ट्रफी समेत रहेको छ। उक्त प्रतियोगिताको प्रवेश शुल्क २१ केडि तोकिएको छ। उक्त प्रतियोगितामा भाग लिन स्पोर्ट्स जुत्ता र टिम जर्सी अनिवार्य गरिएको छ।

कुवेतको भिआइपी एरियामा प्रतियोगिता हुने भएकोले उच्च सुरक्षाको रणनीति अपनाइएकोले प्रतियोगी सबै खेलाडिहरुले नाम दर्तासंगै सिभिल आइडिको कपि अनिवार्य बुझाउनुपर्नेछ।

टिम दर्ता गर्ने समय, मिति र खेलको आचार संहितु अर्को समाचारद्वारा सु सुचित गर्ने बताउँदै इच्छुक खेलाडिहरुलाइ तयारी रहनका लागि गौरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष सुजन केसिले अनुरोध गरेका छन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...