News Portal

श्रीमती कति प्रकारका गुण भएका हुन्छन्, तपाईंको श्रीमती कुन वर्गकी ?

हिमाली संचार संवाददाता
८६९ पटक

काठमाडौं : तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ। भगवान गौतम बुद्ध आफैले ७ किसिमका श्रीमतीहरूको बारेमा बयान गरेका हुन्।

कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवती सँग गरिदिएका थिए।

सुजाताको स्वभाव भने विपरीत। एक पटक भगवान अनाथ पिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए। त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका श्रीमती बारे उपदेश दिएका रहेछन्। ७ प्रकार यस्तो छ :

(१) बधक श्रीमती : जो स्त्री आफ्ना श्रीमान प्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर श्रीमानको अपमान गर्छे, श्रीमानको धनका लागि श्रीमानको बध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री म’रणपछि नरक जान्छे।

(२) चोरीसम (चोर) श्रीमती : श्रीमानले कमाएर दिएको धन मध्ये केही अंश लुकाउने श्रीमतीलाई चोरीसम श्रीमती भनिन्छ। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

(३) भगिनीसम (बहिनी जस्ती) : श्रीमती श्रीमानको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

(४) मातुसम (आमा जस्ती) : श्रीमती आमाले छोरोको हित चाहे जस्तै सँधै श्रीमानको हित चाहने हुन्छे। प्राप्त धनलाई राम्रोसित सम्हालेर राख्छे। यस्ती श्रीमती सदाचार युक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

(५) आयासम (स्वामिनी) श्रीमती : केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

(६) सखीभरिया (साथी जस्ती) श्रीमती : श्रीमान देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

(७) दासीसम (दासी जस्ती) श्रीमती : कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, श्रीमानको कुरा मान्ने, सहनशील हुन्छे । यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...