News Portal

राप्रपाले सुरु गर्‍यो सक्रिय सदस्य वितरण अभियान

हिमाली संचार संवाददाता
६३५ पटक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियान  सुरु गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिएर अभियान सुरु गरेको हो ।

त्यसपछि थापाले उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल, महामन्त्री लिङ्देन, वरिष्ठ नेता बालाराम घर्ती मगर, कोषाध्यक्ष उद्धब पौडेल, सह-महामन्त्री चन्द्रबहादुर बहादुर गुरुङ, सचिवालय प्रमुख भास्कर भद्रालगायतका पदाधिकारी र सदस्यलाई सक्रिय सदस्य प्रदान गरे । थापाले यो अभियान निरन्तर जारी रहने बताए ।

कार्यक्रममा संबोधन गर्दै थापाले नयाँ सरकार बनेयताका छ महिनाका क्रियाकलापले हिन्दु राष्ट्र, राजसंस्था र स्थानीय स्वायत्त शासनको आवश्यकता बढेको पुष्टि भएको बताए । दुई तिहाइ बहुमतको सरकारले जनताको आशा अनुसार सामान्य उज्यालो पनि देखाउन नसकेको भन्दै उनले संघीयताको बाहक शक्तिहरुले नै संघीयता ठीक नरहेको बताउन थाल्नु, राजसंस्थाको आवश्यकताबारे बहस हुनुले राप्रपाको नीति ठीक भएको पुष्टि भएको दावी गरे ।

राप्रपाले पुरानो सदस्यताको अनिवार्य नवीकरण र चालू वर्षमा थप पचास हजार सक्रिय सदस्य बनाउने लक्ष्य लिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...