News Portal

तेह्रौँ सागमा बक्सिङका स्वर्ण पदकधारीलाई थप ४ लाख दिइने

हिमाली संचार संवाददाता
६८७ पटक

काठमाडौं २९, २०७६ मंसिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप चार लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्। यो उनीहरुले सरकारबाट पाउने नौ लाख रूपैयाँभन्दा बाहेकको पुरस्कार रकम हो। तेह्रौँ सागमा नेपालका एक महिला तथा दुई पुरुष बक्सरले स्वर्ण पदक जितेका थिए।

नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले एक लाख ५० हजार रूपैयाँ, नेपाल बक्सिङ सङ्घका मुख्य प्रशिक्षक प्रकाश थापामगरले एक लाख रूपैयाँ, नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले एक लाख रूपैयाँ तथा नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

यस्तै पूर्वबक्सिङ खेलाडी एवं राखेपका केन्द्रीय सदस्य राजेश गुरुङले स्वर्ण पदक प्राप्त बक्सिङ खेलाडीलाई एक एक तोला सुन प्रदान गर्ने बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिए।

तेह्रौँ सागमा ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर, महिलातर्फ ५४ किलो तौल समूहमा मिनु गुरुङ तथा ६० किलो तौल समूहमा सनिल शाहीले स्वर्ण पदक जितका थिए। नेपालले सन् १९९९ मा आठौँ सागमा बक्सिङमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गरेको थियो।

आफ्नो प्रदर्शनमा सुधार गर्दै नेपालले १३औँ सागमा बक्सिङमा तीन स्वर्ण, छ रजत तथा छ कास्य गरी १५ पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक भट्टले बताए। उनी आठौँ सागको प्रशिक्षकसमेत छन्। मुख्य प्रशिक्षक प्रकाश थापामगरले आठौँ सागमा स्वर्ण प्रदक जितेका थिए।

आठौँ सागमा अर्को स्वर्ण उनकै भाई रामचन्द्र थापामगरले जितेका थिए। तेह्रौँ सागमा नौ खेलाडी फाइनल पुगे पनि तीन जनाले मात्र स्वर्ण पदक जित्न सफल भएका थिए।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...