News Portal

तेह्रौँ सागमा बक्सिङका स्वर्ण पदकधारीलाई थप ४ लाख दिइने

हिमाली संचार संवाददाता
७७२ पटक

काठमाडौं २९, २०७६ मंसिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप चार लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्। यो उनीहरुले सरकारबाट पाउने नौ लाख रूपैयाँभन्दा बाहेकको पुरस्कार रकम हो। तेह्रौँ सागमा नेपालका एक महिला तथा दुई पुरुष बक्सरले स्वर्ण पदक जितेका थिए।

नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले एक लाख ५० हजार रूपैयाँ, नेपाल बक्सिङ सङ्घका मुख्य प्रशिक्षक प्रकाश थापामगरले एक लाख रूपैयाँ, नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले एक लाख रूपैयाँ तथा नेपाल बक्सिङ सङ्घका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

यस्तै पूर्वबक्सिङ खेलाडी एवं राखेपका केन्द्रीय सदस्य राजेश गुरुङले स्वर्ण पदक प्राप्त बक्सिङ खेलाडीलाई एक एक तोला सुन प्रदान गर्ने बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिए।

तेह्रौँ सागमा ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर, महिलातर्फ ५४ किलो तौल समूहमा मिनु गुरुङ तथा ६० किलो तौल समूहमा सनिल शाहीले स्वर्ण पदक जितका थिए। नेपालले सन् १९९९ मा आठौँ सागमा बक्सिङमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गरेको थियो।

आफ्नो प्रदर्शनमा सुधार गर्दै नेपालले १३औँ सागमा बक्सिङमा तीन स्वर्ण, छ रजत तथा छ कास्य गरी १५ पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक भट्टले बताए। उनी आठौँ सागको प्रशिक्षकसमेत छन्। मुख्य प्रशिक्षक प्रकाश थापामगरले आठौँ सागमा स्वर्ण प्रदक जितेका थिए।

आठौँ सागमा अर्को स्वर्ण उनकै भाई रामचन्द्र थापामगरले जितेका थिए। तेह्रौँ सागमा नौ खेलाडी फाइनल पुगे पनि तीन जनाले मात्र स्वर्ण पदक जित्न सफल भएका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...