News Portal

वीपी कोइरालाका जेठा छोराको बिबाहको ५०औँ वर्षगाँठमा देउवा र हिमानी सहभागी [फोटो फिचर]

हिमाली संचार संवाददाता
२३२ पटक

काठमाडौं : नेपाली कांग्रेसका नेता स्व.वीपी कोइरालाका जुष्ठ पुत्र प्रकाश कोइरालाले आफ्नो विवाहको ५०औँ वर्षगाँठ मनाएका छन्। काठमाडौंको एउटा होटेलमा बिहीबार राति भव्य रुपमा प्रकाश कोइरालाले आफ्नी धर्मपत्नी सुष्मा कोइरालासँग ५०औँ वर्षगाँठ मनाएका हुन्।

विवाह भएको ५०औँ वर्ष पूरा भएको अबसरमा परिवार र सीमित आफन्त र शुभेच्छुकहरूसँग खुसी साटिएको हो। प्रकाश कोइराला र सुष्मा कोइरालालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरूलाई शुभकामना दिएका थिए।

प्रकाश कोइराला र सुष्मा कोइरालाको ५०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वयुवराज्ञी हिमानी शाह, महामन्त्री एवम् प्रकाश कोइरालाका कान्छा भाई डा.शशांक कोइराला, अर्का भाई डा.शेखर कोइराला, प्रकाश कोइरालाकी छोरी एवम् अभिनेत्री मनीषा कोइराला, नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, नेपाली कांग्रेसकी नेतृ मृदुला कोइराला, प्रकाश कोइरालाका पुत्र सिद्धार्थ कोइराला, अनुराधा काेइराला लगायतको सहभागिता रहेको थियो।

प्रकाश कोइराला स्व.वीपी कोइरालाका जेष्ठ पुत्र हुन्। उनी नेपाली कांग्रेसप्रति शुभेच्छा राख्छन् तर, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा भने छैनन्।

थप तस्बिरहरु:

हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
https://www.HimaliSanchar.com

हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

प्रतिकृया दिनुहोस्

मकाउमा मगर संघ गठन, अध्यक्षमा शम्सेर थापा

शुक्रवार माघ,०३ मकाउ : मकाउ इन्डियन गार्डन रेष्टुरेण्ट मकाउमा  माघ २ गत्ते माघे सक्राति मनाउन...

विवाहपछि युवतीहरू किन मोटाउछन, कारण यस्तो छ !

काठमाडौं : युवतीहरू विवाहपछि मोटाउँछन। विवाहपछि थुप्रै महिला र पुरुषको तौल तीब्र रुपमा बढ्ने गर्दछ।...

शेयर गरौं आज २०७६ साल माघ ३ गते शुक्रबारको राशीफल

– सन् २०२० जनवरी १७ तारीख नेपाल संवत ११४० मेष – चु, चे, चो, ला,...

चर्चित गायक वसन्त थापाले ल्याए ‘मुखियाको नाति’ [भिडियो सहित]

काठमाडौ ०२, २०७६ माघ : सानो मालिकलाई नचिन्ने सायद कोही पनि थिएनन्। मुखियाका नातिलाई गाउँ...

यूएईमा बस दुर्घट्ना, ६ नेपाली घाइते

यूएई १६, २०२० जनवरी : आबुधाबीमा श्रमिक बोकेको बस दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको छ। यूएईको...

हामीसंग इनस्ट्राग्राममा पनि जोडिनुहोस।