News Portal

  • मकाउमा उधौली साकेला चाड यसरी मनाईयो [फोटो फिचर]

    हिमाली संचार संवाददाता
    ४३२ पटक

    सन्जिब कोयी
    मकाउ १४, २०१९ डिसेम्बर : “भाषा, संस्कार र संस्कृतिको संरक्षण” गरौ भन्ने मुलनाराका साथ किरात राई यायोक्खा मकाउको आयोजनमा आयोजित उधौली साकेला चाड- ५०७९ कार्यक्रम मकाउमा रहेका नेपाली समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा किरात राई यायोक्खा मकाउका अध्यक्ष भीम कुमार राई (किरात) अध्यक्षमा उधौली साकेला सम्पन्न भएको छ।

    अपह्रान्ह करिब २ बजे औपचारिक उद्घाटन भएको कार्यक्रम किरात राई यायोक्खा मकाउका महासचिव मंगल राईले स्वागत मन्तब्य साथै आयोजित कार्यक्रममा किरात राई यायोक्खा मकाउले हाम्रो समाजका विभिन्न क्षेत्रमा, विभिन्न सहयोग गर्दै आइरहेको छ।

    द भोइस अफ नेपालको रियालिटी सो, कार्यक्रमका संस्करणबाट बाहिरिएकी भोजपुरकी बहिनी रीता राईलाई सहयोग गर्नु हुने सहयोगीहरुको सम्पूर्ण विवरण पढेर हार्दिक आभार ब्याक्त गर्दै धरानका पत्रकार पर्वतारोही देउराली चाम्लिङको निम्ति पनि सहयोग र सहकार्य गर्न समेत आग्रह गर्नु भएको थियो।

    कार्यक्रम अवधी भरी फोटोग्राफर द्वय प्रकाश बुढाथोकी र केशव राईले कार्यक्रममा सहभागीहरुको फोटो लिन ब्यास्त देखिन्थे भने कार्यक्रमलाई थप आकर्षक गर्नका लागि कार्यक्रममा सहभागी माझ भाग्यशाली चिठ्ठाको समेत राखिएको थियो।

    पितृ, सृष्टि र प्रकृतिलाई सर्वोपरी ठान्ने किरात समुदायले भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धनको लागि विश्व भरी एकै साथ ढोल झ्याम्टा र सिलिपोमा लिएर हामीले टेकेको भूमिको सम्मान स्वरुप आजको दिन विभिन्न पशुपक्षि लगायद यो जगतमा भएको विभिन्न प्राणीहरुको नक्कल गर्दै गोलाकार धेरामा नाचिने नाचलाई नै मुन्धुमी भाषामा शीली भन्ने गरिन्छ।

    यसरी नाचिने नाच पछिल्लो समय नया पुस्ता आकर्षित हुदै गएको छ भने किरात समुदायाले ब्यापक बनाउदै लैजाने प्रयास गरिरहेका छन्। किरात राई यायोक्खा मकाउका भूतपुर्व सचिव गंगा कुमार राईले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रम बोडर गेट पोर्तास मकाउमा सम्पन्न भएको हो।

    थप तस्बिरहरु हेर्नुहोस:

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    झ्याउरे गीत 'मेरो माया कता छ कुन्नी'https://youtu.be/JuGfgdXSpRg

    Gepostet von कमल सिम्ताली am Montag, 26. August 2019

    प्रतिकृया दिनुहोस्

    देश छाड्ने कल्पना पनि गर्न सक्दिनँ : सुजाता कोइराला

    काठमाडौं : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश छाड्ने कल्पनासम्म गर्न नसक्ने बताएकी छिन।...

    शेयर गर्नुहोस तपाईंको आज बिहीवारको राशिफल

    वि.सं. २०७६ साल फागुन १५ गते बिहीबार | सन् २०२० फेब्रुवरी २७ तारीख | नेपाल...

    सम्पादक न्यौपानेले मागे बाससहित बाँकेका गैसससँग एकैपटक सूचना

    नेपालगन्ज : सूचनाको हकका अभियन्ता तथा सद्भाव दैनिकका सम्पादक कमल न्यौपानेले बाँकेमा रहेका एक दर्जनबढी...

    कुवेतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २६ पुग्यो

    कुवेत, – चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आतंकित बनाइरहेको छ। ठूलो संख्यामा...

    १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रंगेली मा समेत हुने

    फाल्गुन १४ बुधबार रबिन्द्र बराल -रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।