News Portal

नेपालको ऐतिहासिक साग सफलतामा गुमनाम कबड्डी खेल

हिमाली संचार संवाददाता
८०६ पटक

काठमाडौं २६, २०७६ मंसिर : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले थुप्रै कीर्तिमान रच्यो। कबड्डीमा पहिलोपटक रजत तर उस्तै इतिहास रचेका अरु खेल (भलिबल) झैं महत्व नदिएका कारण कीर्तिमानी खेलाडीहरु खिन्न देखिएका छन्।

महिला कबड्डी र भलिबलको समानता पनि गज्जबको छ। औपचारिक रुपमा घोषणा नगरिए पनि एक समय कबड्डीलाई जनजनले राष्ट्रिय खेलका रुपमा लिएका थिए।

अहिले भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको छ। दुबैमा नेपालले यसअघि कांस्य जितेको थियो। यो पटक रजत पदक जित्न सफल भएको छ। अनि दुबै खेलमा नेपालले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हरायो, भारतसँग हार्‍यो।

फाइनलमा पनि दुबै टिमले भारतसँग खेलेका थिए र हार व्यहोरेका छन्। चर्चा भने भलिबलको बढी छ। उस्तै ऐतिहासिक पदक जितेर पनि आफूहरु ओझलेम परेको गुनासो छ, रजत विजेता टिमकी कबड्डी टिमकी कप्तान कोषमाया बस्नेत र प्रशिक्षक तारा सिंह भाटको।

‘१२ औं सागमा भारतमा कांस्य जितेका थियौं। यस पटक आफ्नै भूमिमा ऐतिहासिक रजत पदक जितेका छौं’, कप्तान कोषमाया भन्छिन्, ‘भलिबल र हामीले उस्तै पदक जितेका हौं। उनीहरुले श्रीलंका र बंगलादेशलाई हराए, भारतसँग पराजित भए। हाम्रो पनि त्यही भएको हो , र हाम्रो खासै चर्चा भएन।

एक त राष्ट्रिय खेल, त्यसमाथि भर्खर सेन्ट्रल जोन प्रतियोगितामा स्वर्ण पदक जितेर आएका कारण भलिबलले सबैको ध्यान तान्नु अस्वाभाविक होइन। यसको अर्थ कबड्डी ओझलमा पार्नुपर्छ भन्ने पनि होइन।

तर कबड्डी पनि खेल हुन्छ र ? यो कबड्डी हो कि कबाडी हो भन्ने जस्ता टिप्पणी पनि सुन्न परेको तीतो अनुभव खेलाडीहरुसँग छ। ‘त्यही इखले पनि अहिले रजत जित्दै ऐतिहासिक सफलता हात पारेका छौं। कबड्डी पनि खेल हो भनेर चिनाएका छौं’, नेपाली सेनामा आबद्ध ३१ वर्षीया कोषमायाले भनिन्।

१३ औं सागको महिला कबड्डीमा ४ टिम मात्र थिए। राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगलादेश र श्रीलंकालाई पराजित गर्दै भारतसँग खेल खेल्नुअघि नै फाइनलमा स्थान पक्का गरेको थियो तर लिगको अन्तिम खेलमा भारतसँग हार्‍यो।

फाइनलमा पनि भारतसँगै पराजित भयो
गत सोमबार हलचोकस्थित सशस्त्र प्रहरी क्लबको हलमा भएको महिला फाइनल खेलमा नेपाल, भारतसँग ५०–१३ को अंकमा पराजित भएको थियो।

‘भारतसँग परेपछि हारिहालिन्छ भन्ने हुन्छ। हाम्रो पनि त्यही भयो’ कप्तान कोषमाया भन्छिन्, ‘हाम्रो लक्ष्य त भारतलाई हराउने नै थियो, दुई टिमको लेवल धेरै फरक छ।

यस पटक सागका लागि नेपालको कबड्डी टिमले भारतमा गएर करिब २० दिनको तयारी गरेको थियो। त्यसक्रममा महिला टिमले ६ खेल खेल्न पाए। हामीले त्यो सबै खेल जितेका थियौं। भारतमा तयारी राम्रो भएकाले नै सागमा ऐतिहासिक सफलता पायौं नभए सम्भव थिएन’ प्रशिक्षक तारा सिंह भाटले भने।

यद्यपि अब नयाँनयाँ खेलाडीहरु पनि कबड्डीमा आउन थालेको कप्तान र प्रशिक्षकको भनाइ छ। नियमित प्रतियोगिता भए छिट्टै सफलता मिल्नेमा दुबै आशावादी पनि छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...