News Portal

नेपालको ऐतिहासिक साग सफलतामा गुमनाम कबड्डी खेल

हिमाली संचार संवाददाता
७४३ पटक

काठमाडौं २६, २०७६ मंसिर : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले थुप्रै कीर्तिमान रच्यो। कबड्डीमा पहिलोपटक रजत तर उस्तै इतिहास रचेका अरु खेल (भलिबल) झैं महत्व नदिएका कारण कीर्तिमानी खेलाडीहरु खिन्न देखिएका छन्।

महिला कबड्डी र भलिबलको समानता पनि गज्जबको छ। औपचारिक रुपमा घोषणा नगरिए पनि एक समय कबड्डीलाई जनजनले राष्ट्रिय खेलका रुपमा लिएका थिए।

अहिले भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको छ। दुबैमा नेपालले यसअघि कांस्य जितेको थियो। यो पटक रजत पदक जित्न सफल भएको छ। अनि दुबै खेलमा नेपालले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हरायो, भारतसँग हार्‍यो।

फाइनलमा पनि दुबै टिमले भारतसँग खेलेका थिए र हार व्यहोरेका छन्। चर्चा भने भलिबलको बढी छ। उस्तै ऐतिहासिक पदक जितेर पनि आफूहरु ओझलेम परेको गुनासो छ, रजत विजेता टिमकी कबड्डी टिमकी कप्तान कोषमाया बस्नेत र प्रशिक्षक तारा सिंह भाटको।

‘१२ औं सागमा भारतमा कांस्य जितेका थियौं। यस पटक आफ्नै भूमिमा ऐतिहासिक रजत पदक जितेका छौं’, कप्तान कोषमाया भन्छिन्, ‘भलिबल र हामीले उस्तै पदक जितेका हौं। उनीहरुले श्रीलंका र बंगलादेशलाई हराए, भारतसँग पराजित भए। हाम्रो पनि त्यही भएको हो , र हाम्रो खासै चर्चा भएन।

एक त राष्ट्रिय खेल, त्यसमाथि भर्खर सेन्ट्रल जोन प्रतियोगितामा स्वर्ण पदक जितेर आएका कारण भलिबलले सबैको ध्यान तान्नु अस्वाभाविक होइन। यसको अर्थ कबड्डी ओझलमा पार्नुपर्छ भन्ने पनि होइन।

तर कबड्डी पनि खेल हुन्छ र ? यो कबड्डी हो कि कबाडी हो भन्ने जस्ता टिप्पणी पनि सुन्न परेको तीतो अनुभव खेलाडीहरुसँग छ। ‘त्यही इखले पनि अहिले रजत जित्दै ऐतिहासिक सफलता हात पारेका छौं। कबड्डी पनि खेल हो भनेर चिनाएका छौं’, नेपाली सेनामा आबद्ध ३१ वर्षीया कोषमायाले भनिन्।

१३ औं सागको महिला कबड्डीमा ४ टिम मात्र थिए। राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा नेपालले बंगलादेश र श्रीलंकालाई पराजित गर्दै भारतसँग खेल खेल्नुअघि नै फाइनलमा स्थान पक्का गरेको थियो तर लिगको अन्तिम खेलमा भारतसँग हार्‍यो।

फाइनलमा पनि भारतसँगै पराजित भयो
गत सोमबार हलचोकस्थित सशस्त्र प्रहरी क्लबको हलमा भएको महिला फाइनल खेलमा नेपाल, भारतसँग ५०–१३ को अंकमा पराजित भएको थियो।

‘भारतसँग परेपछि हारिहालिन्छ भन्ने हुन्छ। हाम्रो पनि त्यही भयो’ कप्तान कोषमाया भन्छिन्, ‘हाम्रो लक्ष्य त भारतलाई हराउने नै थियो, दुई टिमको लेवल धेरै फरक छ।

यस पटक सागका लागि नेपालको कबड्डी टिमले भारतमा गएर करिब २० दिनको तयारी गरेको थियो। त्यसक्रममा महिला टिमले ६ खेल खेल्न पाए। हामीले त्यो सबै खेल जितेका थियौं। भारतमा तयारी राम्रो भएकाले नै सागमा ऐतिहासिक सफलता पायौं नभए सम्भव थिएन’ प्रशिक्षक तारा सिंह भाटले भने।

यद्यपि अब नयाँनयाँ खेलाडीहरु पनि कबड्डीमा आउन थालेको कप्तान र प्रशिक्षकको भनाइ छ। नियमित प्रतियोगिता भए छिट्टै सफलता मिल्नेमा दुबै आशावादी पनि छन्।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...