News Portal

सुर्खेतको भेरीगंगामा आमाछोरा मिलेर बाबुको हत्या

हिमाली संचार संवाददाता
८२७ पटक

नगेन्द्र उपाध्याय
सुर्खेत २५, २०७६ मंसिर : पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटामा आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो।

हत्या आरोपमा प्रहरीले लोकहादुरको श्रीमती ४५ वर्षीया सुमित्रा विसी र २३ वर्षीय छोरा कमल विसीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार घरमै हत्या गरेर ५० मिटर टाढा गोरेटो बाटो नजिकै फालेको अवस्थामा लोकहादुरको शव फेला परेको थियो।

घटनाको प्रकृति हेर्दा घरभित्रै हत्या गरेर फालेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईले भने, ‘अनुसन्धानका लागि मृतकका श्रीमती र छोरालाई नियन्त्रणमा लिएका छौ।

प्रहरीका अनुसार सोमबार राति आठ बजेदेखि १० बजेको अवधिमा हत्या भएको देखिन्छ। ‘हामीले विहान नौ बजेतिर खवर पाएका थियौं,’ प्रहरी निरीक्षक चौलागाईले भने, ‘घटनास्थल पुग्दा मृतकको लास घरदेखि ५० मिटर टाढा फेला पार्‍यौ।

चौलागाईका अनुसार लोकबहादुरको हत्या भान्सा कोठाभित्र भएको देखिन्छ। प्रहरी घटनास्थल पुग्दा मृतककी श्रीमती सुमित्राले भान्सामा लागेको रगतको माटो निकालेर लिपपोत गरिसकेकी थिइन्।

पक्राउ परेका आमा छोराले प्रहरीसँग फरक–फरक बयान दिएका छन्। ‘प्रारम्भीक बयानका क्रममा दुबैले फरक–फरक बयान दिएका छन्,’ उनले भने, ‘घटना अनुसन्धानकै क्रममा रहेकाले थप विवरणपछि थाहा हुन्छ।

स्रोतका अनुसार मृतकका छोरा कमलले आमाले भनेपछि घरभित्रबाट लास उठाएर बाहिर फालेको बताएका छन् भने मृतककी श्रीमती सुमित्राले आफू घटना भएको राति छिमेकीको गएकाले घटनाबारे थाहा नभएको र विहान घरमा आउँदा भान्सामा रगत देखेर सफा गरेको बयान दिएकी छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...