News Portal

सुर्खेतको भेरीगंगामा आमाछोरा मिलेर बाबुको हत्या

हिमाली संचार संवाददाता
७३९ पटक

नगेन्द्र उपाध्याय
सुर्खेत २५, २०७६ मंसिर : पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटामा आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो।

हत्या आरोपमा प्रहरीले लोकहादुरको श्रीमती ४५ वर्षीया सुमित्रा विसी र २३ वर्षीय छोरा कमल विसीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार घरमै हत्या गरेर ५० मिटर टाढा गोरेटो बाटो नजिकै फालेको अवस्थामा लोकहादुरको शव फेला परेको थियो।

घटनाको प्रकृति हेर्दा घरभित्रै हत्या गरेर फालेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईले भने, ‘अनुसन्धानका लागि मृतकका श्रीमती र छोरालाई नियन्त्रणमा लिएका छौ।

प्रहरीका अनुसार सोमबार राति आठ बजेदेखि १० बजेको अवधिमा हत्या भएको देखिन्छ। ‘हामीले विहान नौ बजेतिर खवर पाएका थियौं,’ प्रहरी निरीक्षक चौलागाईले भने, ‘घटनास्थल पुग्दा मृतकको लास घरदेखि ५० मिटर टाढा फेला पार्‍यौ।

चौलागाईका अनुसार लोकबहादुरको हत्या भान्सा कोठाभित्र भएको देखिन्छ। प्रहरी घटनास्थल पुग्दा मृतककी श्रीमती सुमित्राले भान्सामा लागेको रगतको माटो निकालेर लिपपोत गरिसकेकी थिइन्।

पक्राउ परेका आमा छोराले प्रहरीसँग फरक–फरक बयान दिएका छन्। ‘प्रारम्भीक बयानका क्रममा दुबैले फरक–फरक बयान दिएका छन्,’ उनले भने, ‘घटना अनुसन्धानकै क्रममा रहेकाले थप विवरणपछि थाहा हुन्छ।

स्रोतका अनुसार मृतकका छोरा कमलले आमाले भनेपछि घरभित्रबाट लास उठाएर बाहिर फालेको बताएका छन् भने मृतककी श्रीमती सुमित्राले आफू घटना भएको राति छिमेकीको गएकाले घटनाबारे थाहा नभएको र विहान घरमा आउँदा भान्सामा रगत देखेर सफा गरेको बयान दिएकी छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...