News Portal

  • युएईको अलएनमा कोच सांगीतिक कार्यक्रम हुँदै

    हिमाली संचार संवाददाता
    १५९ पटक

    आरपी ढुंगेल
    युएई ०९, २०१९ डिसेम्बर : कोच प्रवासी समाज युएईद्वारा अलऐनमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कोच सांगीतिक कार्यक्रम-२०१९ आयोजना गर्न लागेको आयोजक समाज युएईका अध्यक्ष योगेन्द्र राजवंशीले बताएका छन्।

    आगामी २० डिसेम्बर, शुक्रबार फुड वर्ल्ड रेस्टुरेण्ट अलऐनमा हुन लागेको यस कार्यक्रममा नेपालबाट युवा गायक बलराम राजवंशीको उपस्थिति रहने समाजले जनाएको छ।

    कोच समुदायमा लोकप्रिय गायकको रूपमा प्रसिद्ध बलरामले उक्त कार्यक्रममा आधुनिक साथै आफ्नो समुदायका प्रस्तुति देखाउने छन।

    यो कार्यक्रमलाई अलऐन क्षेत्रमा रहेका क्रियाशिल संस्था एनआरएनए, अलऐन र झापाली समाज लगायत आठ वटा समाजको प्रत्यक्ष सहयोग रहने एनआरएनए आरसीसी अलएनका अध्यक्ष उज्ज्वल दाहालले बताएका छन्।

    कोच सांगितिक कार्यक्रम- २०१९’ को आयोजनालाई झापाली समाजले पुर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता गरेको समाजका अलएन संयोजक सरस्वती बास्तोलाले जानकारी दिएकी छन्।

    वैदेशिक रोजगारीको क्रममा युएईमै कार्यरत नेपाली कलाकारहरु प्रशान्त ताजपुरिया, उज्वल दाहाल, गोरांगो राजबंशी, सुजन राजवंशी, शान्ति तामाङ, पुजा रेग्मी, निर्मला वाइबा साथमा अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

    तपाईंको व्यापार व्यावसायको प्रचार प्रसारका लागि हामीलाई सम्झनुहोस।
    [email protected]

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
         थप समाचारका लागि हाम्रो वेबसाइट
           www.HimaliSanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    प्रतिकृया दिनुहोस्

    पत्रकार बन्न अनिवार्य लाइसेन्स लिनुपर्ने प्रावधान

    काठमाडौं– मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार...

    मुख्यमन्त्रीको सचिवालय विस्तार, प्रदेश सभाको हिउँदे अधिवेशन माघमै हुने

    विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले  आफ्नो सचिवालयको बिस्तार गरेका छन्। आज...

    सञ्चारसम्बन्धी मिडिया बोर्ड गठन

    धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको...

    नागरिक लगानी कोषले नाफा कमाउने होइन : अर्थमन्त्री खतिवडा

    काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न...

    कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

    काठमाडौँ, १३ माघ : चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता...

    हामीसंग इनस्ट्राग्राममा पनि जोडिनुहोस।