News Portal

भिजिट नेपाल २०२० सफल पार्न दूतावास कुवेतद्वारा आयोजित छलफल कार्यक्रम सम्पन्न

हरि बहादुर बानियाँ
६८६ पटक

कुवेत ७, २०१९ डिसेम्बर : हिजो शुक्रबार डिसेम्बर ६ तारीखका दिन नेपाली राजदूतावासले आयोजना गरेको भिजिट नेपाल २०२० (visitnepal2020) को छलफल गर्ने क्रममा कुवेतमा रहेका सबै नेपाली संघसंस्था राजनीतिक संगठन, समाजसेवी, पत्रकार, खेलाडी, सबैलाई टेलिफोनमार्फत जानकारी गराएपनि उक्त कार्यक्रममा नेपालीहरुको न्यून उपस्थिति रहेको थियो।

छलफल कार्यक्रम समय २:३० बजे भनिएपनि करिब डेढ घण्टा ढिलो गरि कार्यक्रम शुरु भएको थियो। यसो त कुवेतमा हर कोहि कार्यक्रम तोकिएको समयमा सुरु भएका देखिदैनन।

कार्यक्रमको सुरुमा नै नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीबाट भिजिट नेपाल २०२० विषयको बारेमा विस्तृत जानकारी पछी कार्यक्रममा प्रायः जसो उपस्थित सबैले आ-आफ्नो धारणा राखे।

महामहिम राजदूतले भनुभयाे – कुवेतस्थित हामी सबै नेपाली नागरिकहरुले कुवेती नागरिक लगायत थप अन्य देशका नागरिकलाई पनि भिजिट नेपाल २०२० सफल पार्न नेपाल भिजिट गर्न पठाउनु पर्नेमा फोकस दिनुभएको थियो।

यसैक्रममा प्रसारप्रचार सामग्रीहरुलाई ठूला सपिङ मल, होटेल, अस्पताल, क्लबमा कुवेती नागरिकहरूलाई भिजिट नेपाल २०२० काे बारेमा जानकारी गराउने दूतावासको तयारी रहेको बताइएको छ।

कुवेतमा रहेको राष्ट्रिय मिडियाहरुमा होडिङ बोर्डमा भिजिट नेपाल २०२० नेपालको बिज्ञापन दिने तयारी रहेको दूतावास श्रोतले बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...