News Portal

भिजिट नेपाल २०२० सफल पार्न दूतावास कुवेतद्वारा आयोजित छलफल कार्यक्रम सम्पन्न

हरि बहादुर बानियाँ
८३८ पटक

कुवेत ७, २०१९ डिसेम्बर : हिजो शुक्रबार डिसेम्बर ६ तारीखका दिन नेपाली राजदूतावासले आयोजना गरेको भिजिट नेपाल २०२० (visitnepal2020) को छलफल गर्ने क्रममा कुवेतमा रहेका सबै नेपाली संघसंस्था राजनीतिक संगठन, समाजसेवी, पत्रकार, खेलाडी, सबैलाई टेलिफोनमार्फत जानकारी गराएपनि उक्त कार्यक्रममा नेपालीहरुको न्यून उपस्थिति रहेको थियो।

छलफल कार्यक्रम समय २:३० बजे भनिएपनि करिब डेढ घण्टा ढिलो गरि कार्यक्रम शुरु भएको थियो। यसो त कुवेतमा हर कोहि कार्यक्रम तोकिएको समयमा सुरु भएका देखिदैनन।

कार्यक्रमको सुरुमा नै नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीबाट भिजिट नेपाल २०२० विषयको बारेमा विस्तृत जानकारी पछी कार्यक्रममा प्रायः जसो उपस्थित सबैले आ-आफ्नो धारणा राखे।

महामहिम राजदूतले भनुभयाे – कुवेतस्थित हामी सबै नेपाली नागरिकहरुले कुवेती नागरिक लगायत थप अन्य देशका नागरिकलाई पनि भिजिट नेपाल २०२० सफल पार्न नेपाल भिजिट गर्न पठाउनु पर्नेमा फोकस दिनुभएको थियो।

यसैक्रममा प्रसारप्रचार सामग्रीहरुलाई ठूला सपिङ मल, होटेल, अस्पताल, क्लबमा कुवेती नागरिकहरूलाई भिजिट नेपाल २०२० काे बारेमा जानकारी गराउने दूतावासको तयारी रहेको बताइएको छ।

कुवेतमा रहेको राष्ट्रिय मिडियाहरुमा होडिङ बोर्डमा भिजिट नेपाल २०२० नेपालको बिज्ञापन दिने तयारी रहेको दूतावास श्रोतले बताएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...